onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

साउन २३ (अनलाइन खेलखबर )। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान ) ले उनलाई तत्काल १ वर्षका लागि नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि पुबुदु दासानायकेले बीचमै नेपाली टोली छोडी क्यानेडियन टोली सम्हान्न गएपछि रिक्त ठाउँमा प्रभाकर नेपाल आउँन लागेका हुन् ।

भारतीय टोलीबाट ३९ टेस्ट र १ सय ३० एकदिवसीय खेल खेलेका प्रभाकर प्रशिक्षकमा पनि सफल मानिन्छन् । उनले रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेशको टोली सम्हालिसकेका छन् । यस्तै अफगानिस्तान टोलीले सन् २०१६ को टि- ट्वान्टी विश्वकप खेल्दा उनि बलिङ प्रशिक्षकका रुपमा टोलीमा रहेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published.