onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पोखरा विश्वविद्यालय क्रिकेट क्लबको नयाँ कार्यसमिति चयन

साउन ३ (अनलाइन खेल खबर ) । पोखरा विश्वविद्यालय क्रिकेट क्लबको नयाँ कार्यसमिति चयन भएको छ ।

सोमबार पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसमा बसेको विशेष बैठकमार्फत क्लबको नयाँ कार्यसमिति चयन भएको हो ।

जस अन्तर्गत क्लबको अध्यक्षमा अभिषेक यादव चयन हुँदा उपाध्यक्षमा विज्ञान कार्की र श्रद्धा बञ्जारा चुनिएका छन् ।

यस्तै सचिवमा जगदिश भण्डारी,सह सचिवमा संदेश श्रेष्ठ,सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला र तृष्णा देवकोटा रहेका छन् । साथै महिला संयोजकमा दीपा तिवारी र सल्लाहकार कमिटीमा प्रशान्त भुसाल ,विकल बराल ,भुपेन्द्र भट्ट र संदेश रेग्मी चयन भएका छन् ।

क्लबको नेतृत्वदायी भूमिकामा चयन भएपछि अध्यक्ष यादवले क्लबलाई आफ्नो कार्यकालमा थप उचाई दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेटलाई थप उजागर गर्नमा आफू लागि पर्ने बताएका थिए ।

क्लबले पोखरामा क्रिकेट गतिविधिमा निरन्तर अग्रसर भईरहेको छ । त्यसैको फलस्वरुप क्लबले पुरुष र महिलाको क्रिकेट प्रतियोगिता पनि गर्दै आएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published.