विजय जोशी  ,जो अष्ट्रेलियामा क्रिकेटको विकासमा लागि खटिरहेका छन् !

विजय जोशी ,जो अष्ट्रेलियामा क्रिकेटको विकासमा लागि खटिरहेका छन् !

विज्ञान कार्की (अनलाइन खेल खबर) । साउथ अष्ट्रेलियाको एडीलेडमा बसोबास गर्ने नेपाली मुलुकका ४७ वर्षीय विजय जोशी अष्ट्रेलियामा नेपाली मुलुकका क्रिकेट खेलाडी र अष्ट्रेलियाको क्रिकेटमा आबद्ध हुन चाहने खेलाडीहरुलाई उनले १२ वर्ष देखि वैदेशिक भूमिमा नेपाली क्रिकेटको उत्थानका लागि एडीलेडमा निरन्तर लागि परिरहेका छन्

काठमाडौं उपत्यकाको ललितपुरमा ३२ सालमा जन्मेका जोशी सानैदेखि क्रिकेटमा रुचि राख्ने गर्थे । नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने चाहना सबैको हुन्छ उनको पनि थियो । उनले ललितपुर जिल्लामा रहेको इन्टर पाटन क्रिकेट क्लबको नेतृत्व समेत गरेका थिए । त्यस क्रममा क्लबबाट धेरै प्रतियोगिताहरु पनि खेले पनि ।

त्यस बेला राजविराजमा हुने जय ट्रफीमा उनले ललितपुर जिल्लालाई प्रतिनिधित्व गर्दै सहभागी समेत भएका थिए । पछि उनले ललितपुर जिल्ला क्रिकेट संघमा उपाध्यक्ष समेत भएर काम गरेका थिए ।

खेल क्षेत्र सँगसगै पढाइमा पनि अब्बल जोशी भक्तपुरमा अवस्थित नेपाल इन्जिनियरिङ कलेजबाट ” सिभिल इन्जिनियरिङ” स्नातक उत्तीर्ण भए।

सन् २००८ मा साउथ अष्ट्रेलियाको एडिलेडमा इन्जिनियरिङ पेशाबाट आफ्नो भविष्य बनाउन पुगेका जोशीलाई नेपाली क्रिकेट र क्रिकेटबाट टाढा भने गराउन सकेन् र व्यवस्थापक क्षेत्रमा उनले रुचि अगाडि बढाए । त्यस एडिलेड क्षेत्रमा नेपाली क्रिक्रेट खेलाडीहरुलाई र क्रिकेटमा रुचि राख्ने व्यक्तित्वहरु लाई एकजुट गरेर सन २०१४ मा ” एडिलेड नेपालिज क्रिकेट एसोसिएसन”नामक संस्था आधिकारिक रूपमा खोलियो जसमा उनी उपाध्यक्ष बनेर काम गरे त्यसपश्चात उनले सन् २०१६ पश्चात अध्यक्षको भूमिकामा काम गर्दै आएका छन् ।

अहिले म ” एसएमएस कमर्शियल ” को प्रोजेक्ट डाईरेक्टरको रूपमा ईन्जिनियरिङ् पेशामा कार्यरत छु । तर मलाई क्रिकेटको मायाले क्रिकेटबाट टाढा राख्नसकेन “एडिलेड नेपालिज क्रिकेट एसोसिएसन” बाट अष्ट्रेलियाको एडीलेडमा बस्नु हुने नेपाली क्रिकेटका खेलाडीहरुलाई अष्ट्रेलियामा व्यवसायिक खेल खेल्न प्रोत्साहन गर्दै छौ।

हामीले ग्रासरूट क्रिकेट, महिला क्रिकेट ,कर्पोरेट क्रिकेट हरेक तहको क्रिकेटको प्रतियोगिताको आयोजना र सहभागिता जनाउँदै आएका छौ। नेपाली क्रिकेटका लागि वैदेशिक भूमिमा केही गर्न पाउँदा खुशी छु । गत वर्ष क्रिकेट अष्ट्रेलियाले दिने प्रतिष्ठीत पुरस्कार ” जूनियर इनिटीयटीव अफ द इयर” एडिलेड नेपालिज क्रिकेट एसोसिएसन” ले आफ्नो नेतृत्वमा पाउँदा खुशी लागेको बताए ।

नेपाली क्रिकेट र नेपाललाई आफ्नो ठाउँबाट समाजलाई केही योगदान गर्न पाऊँ भन्ने सधैं मेरो मनमा हुन्छ आउने दिनमा नेपाली क्रिकेटलाई टेवा पुर्याउने र आफ्नो ठाउँमा नेपाली क्रिकेटमा जीवन समर्पण गरेका युवाहरुका लागि थप केही गर्ने भविष्यको योजना एनसिए परिवार र मेरो छ “।उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *