नेपाली क्यानेडियन क्रिकेट क्लबको नयाँ जर्सी सार्वजनिक
बैशाख २६ (अनलाइन खेल खबर) । क्यानाडामा अवस्थ्थित नेपाली क्यानेडियन क्रिकेट क्लब ले २०२२ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । नेपालिज क्यानडियन क्रिकेट क्लवले २०२२ मा एनसिसी कर्णाली र कोशी नामका दुई फरक लिगमा भाग लिइरहेको छ ।
प्रतियोगितामा टोलीका लागि को दुई फरक जर्सी सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अध्यक्ष दिपक गौतम, एनसीएनसी अध्यक्ष नरबहादुर क्षेत्री, एनसीसी कर्णालीका प्रायोजक इर्दब भट्टराई, अतुल सुवेदी, भास्कर झाले संयुक्त रुपमा कर्णाली जर्सी सार्वजनिक गरेका थिए ।
त्यसैगरी एनसीसीएसीसीका अध्यक्ष गोपी काफ्ले, एनआरएनए – आईसीसी सदस्य श्री गिरी बुढाथोकी, सीएससी निर्देशक धुन्डी पाण्डे र एनसीसीसी कोशी प्रायोजक आशिर्वाद सुवेदी, श्री भूमि घिमिरे र अमरस्क विकले संयुक्त रूपमा खुलासा गरेका थिए।
एनसिसी कोशी जर्सी कार्यक्रममा विभिन्न सामुदायिक संस्थाका अगुवाहरू र एनसिसी प्रायोजकहरूले एनसिसीको कामको प्रशंसा गर्दै भविष्यमा निरन्तर सहयोग गर्ने आश्वासन दिए।