onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लमही मेयर कपको उपाधि त्रीदेश्वरीलाई

विकाश भट्टराई (अनलाइन खेल खबर ) । लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी क्रिकेट क्लबको आयोजनामा दाङको लमहीमा भएको तेस्रो मेयर कप जिल्ला स्तरीय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि त्रीदेश्वरी क्रिकेट क्लबले उचालेको छ ।

शुक्रबार लमहीस्थित देउखुरी प्रस्तावित अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा दंगाली स्पोर्ट्स एकेडेमीलाई ६ रनले पराजित गर्दै त्रीदेश्वरी प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा त्रीदेश्वरीले प्रस्तुत गरेको १ सय २६ रनको सामान्य लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको दंगाली १९.५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै १ सय १९ रनमा सिमित हुँदा त्रीदेश्वरी प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।

रोमाञ्चक स्थितिमा पुगेको खेलमा दंगालीका लागि बिराट भन्डारीले सर्वाधिक ४२ रन बनाए । ३७ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ४ चौका र २ छ्क्का समेत प्रहार गरे । यस्तै टिमका लागि विषम थापाले २३ रन, शुशान्त थापाले १६ रन र सुमन दसौदिले १० रन र अविजित रहेका अनुप न्यौपानेले ८ रन बनाए ।

बलिङतर्फ त्रीदेश्वरीका लक्ष्मण बुढा र करन कुमारले ३-३ विकेट लिए । भने मोहन खत्रीले २ तथा सुदिप नेपालीले १ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रीदेश्वरीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । टिमले उक्त स्कोर बनाउने क्रममा समिर न्यौपानेले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान शंकर बुढाले ३८ रन ,सुदिप नेपालीले १८ र सन्जोग गिरीले १२ रन बनाए ।

बलिङतर्फ दंगालीका सुमन दसौदिले २ विकेट तथा आषिश वलि र बिरु मगरले समान १ विकेट लिए ।

यो सँगै च्याम्पियन बनेको त्रीदेश्वरी क्रिकेट क्लवले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उप- विजेता बनेको दंगाली स्पोर्ट्स एकेडेमीले नगद ३० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी मोहन खत्री चुनिँदा उत्कृष्ट ब्याट्सम्यान सुशान्त सिँह थापा , उत्कृष्ट बलर ऋषि डि.सी घोषित भए ।

LEAVE A RESPONSE

Your email address will not be published.