onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेप्लिज क्यानेडियन क्रिकेट क्लबद्वारा होराइजनलाई खेल सामाग्री सहयोग

बैशाख ८ (अनलाइन खेलखबर ) । क्यानडामा अवस्थित नेप्लिज क्यानेडियन क्रिकेट क्लबद्वारा विराटनगरमा रहेको होराइजन क्रिकेट क्लबलाई खेलकुद सामाग्री तथा जर्सि सहयोग गरेको छ ।

वैदेशिक भूमिबाट नेपाली क्रिकेटको विकासका लागि लामो समय देखि अग्रसर रहेको क्लबद्वारा होराइजनलाई करिब ५१ हजार बराबरको खेल सामाग्री तथा जर्सि सहयोग गरेको हो ।

बुधबार एक कार्यक्रमका बीच क्लबका अध्यक्ष किरोज श्रेष्ठले नेप्लिज क्यानेडियन क्रिकेट क्लब अन्तर्गत नेपाल सल्लाहकार विज्ञान कार्कीलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

क्लबका सदस्य सुमन थापाको नेतृत्वमा क्लबको कार्यकारी सदस्यबाट उक्त सहयोग रकम संकलन गरिएको थियो । सहयोग पश्चात् क्लबका अध्यक्ष श्रेष्ठले वैदेशिक भूमिबाट पनि सानो सहयोग गर्न पाउँदा आफुहरुलाई धेरै खुशी लागेको बताए । साथै आगामी दिनहरुमा नेपाली क्रिकेटको विकाशका लागि क्लबले निरन्तर सहयोग गर्ने बाचा समेत गरेका थिए ।

यता सहयोग सामाग्री प्राप्त पछि होराइजन क्रिकेट क्लबका प्रशिक्षक पुष्प थापाले नेप्लिज क्यानेडियन क्रिकेट क्लबलाई धन्यवाद व्यक्त गरेका थिए।

LEAVE A RESPONSE

Your email address will not be published.