onlinekhelkhabar.com

Complete website for Nepali Sports News

डिजिटल गढी प्रिमियर लिगको उपाधि छपकी सुपर किंग्सलाई

बिज्ञान कार्की (अनलाइन खेल खबर ) । सुनसरीमा भएको तेस्रो संस्करणको डिजिटल गढी प्रिमियर लिगको उपाधि छपकी सुपर किंग्सले उचालेको छ ।

बिहिबार भएको प्रतियोगिताको फाइनल खेलमा मधेली च्यालेन्जरलाई ६५ रनले पराजित गर्दै छपकी च्याम्पियन बनेको हो ।

खेलमा छपकीले प्रस्तुत गरेको १ सय ७३ रनको विशाल लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मधेली १९.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रनमै सिमित हुन् पुग्दा छपकीलाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

मधेलिकालागि विवेक मेहताले सर्वाधिक २८ रनको योगदान गर्दा कमल खत्रीले २१ रन बनाएका थिए।

बलिङतर्फ छपकी सुपर किंग्सका लागि अभिषेकले ३ तथा जोसक, श्रवण र दीपकले २ र सिद्धान्तले १ विकेट लिएका थिए।

त्यसअघि गढि रंगशालामा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको छपकी सुपर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि श्रवण यादवले अर्धशतकीय पारी खेले । जसमा उनले ७ चौका र ६ छ्क्काको सहयोगमा ५९ रन बनाए ।त्यस्तै कप्तान सिद्धान्त लोहनीले २ चौका र ३ छ्क्काको मद्धतमा ३० रन जोडे रितेश रायले २४ रन बनाएका थिए ।

बलिङतर्फ मधेली च्यालेन्जरका लागि सुमित यादव ,कमल खत्री, आमोद यादवले २ -२ तथा फ्रिदोष र ज्ञानेन्द्रले १-१ विकेट लिएका थिए।

यो सँगै विजेता टोली छपकी सुपर किंग्सले नगद १ लाख सहित ट्रफी मेडल प्राप्त गर्दा उपविजेता बनेको मधेलीले नगद पचास हजार र मेडल प्राप्त गर्यो।

यता ब्यक्तिगत विधातर्फ सर्वोउत्कृष्ट खेलाडी छपकीका श्रवण यादव घोषित हुँदा उत्कृष्ट ब्याट्सम्यान छपकीकै रितेश रोय र उत्कृष्ट बलर मधेली च्यालेन्जरका सुमित यादव चुनिए ।

प्रदेश नम्बर १ कै पहिलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिता समेत रहेको यस प्रतियोगिताको यस संस्करणमा छपकी सुपर किंग्ससहित छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलिले प्रतिस्पर्धा गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published.