इटहरी सुपर सिक्स क्रिकेट प्रतियोगिता बैशाखमा हुने
चैत्र ३० (अनलाइन खेल खबर) । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुन् गईरहेको तेस्रो संस्करणको इटहरी सुपर सिक्स क्रिकेट प्रतियोगिता आउँदो बैशाख ९ र १० गते हुने भएको छ ।
इटहरीको डी.भी.एम खेल मैदानमा हुने ६ ओभरको प्रतियोगितामा ६ खेलाडीनै मैदानमा रहने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिताका कार्यक्रम संयोजक मनिस दाहालका अनुसार प्रतियोगितामा १५ देखि २० टिमलाई यस प्रतियोगितामा समावेश गराइने र प्रतियोगिता नक आउट तालिकामा सन्चालन हुनेछ ।
जसका लागि टिम आवेदन खुल्ला समेत गरिएको छ । टिमहरुको टुंगो लागे पश्चात खेल तालिका निकाल्ने आयोजकले उल्लेख गरेको छ । गत दुई संस्करणमा प्रदेश नं १ मा रहेको सुनसरी, मोरङ, झापा ,उर्लाबारी विभिन्न ठाउँका क्रिक्रेट क्लब हरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए।
प्रतियोगिताको विजेताले २५ हजार नगद पुरस्कार ,ट्रफी मेडल पाउने छन् भने विभिन्न ब्यक्तिगत विधातर्फ पनि नगद तथा मेडल प्रधान गरिने छ ।
यस अघि प्रतियोगिताको पहिलो संस्करणको उपाधि पत्थरी क्रिकेट क्लवले उचालेको थियो भने अघिल्लो संस्करणमा आयोजक इटहरी क्रिकेट एकेडेमी च्याम्पियन बनेको थियो ।