onlinekhelkhabar.com

Complete website for Nepali Sports News

गडी राइडर्स र छपकी सुपर किंग्स विजयी

बिज्ञान कार्की (अनलाइन खेल खबर) । सुनसरीमा जारी डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) अन्तर्गत आज मंगलबार सातौं र आठौ खेल सम्पन्न भएका छन्। पहिलो खेल गडी राइडर्स र भमरी वारियर्स बीच भएको थियो । जसमा गडी राइडर्सले प्रतियोगिताको दोस्रो जित दर्ता गरेको छ । आजको सातौं खेलमा सुभनकर उराओंको उत्कृष्ट ब्याटिङ र बलिङको मदतले गडी राइडर्सले ४ विकेटको जीत दर्ता गरेको छ ।

गडी रंगशालामा १ सय १६ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको गडी राइडर्स ले १० ओभर ४ बलमा ६ विकेट गुमाउँदै १ सय १६ रन बनाउन सफल भयो । गडी राइडर्सका लागि सुभनकार उराओंले ३७ ,दिपक पासवानले १६ रन बनाए । भमरी वारियर्सका लागि अभ्यास तिमिल्सिनाले २, विधानले २ ,सरोजले १ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भमरी वारियर्सले १९ ओभर ओभर ५ बल खेल्दै ११६ रन बनाउन सक्यो । भमरीका लागि सर्वाधिक विधान ले सर्वाधिक ३४ रन बनाए । त्यसै सरोज बस्नेतले २४ रन बनाउन सके।

गडीका लागि सुभनकरले सर्वाधिक ३ विकेट लिएका थिए।

खेलका म्यान अफ द म्याच सुभनकर घोषित भए ।

त्यसै आज भएको दिनको दोस्रो खेलमा छपकी सुपर किङ्स विजयी भएको छ । छपकीको यो तेस्रो जित हो ।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको छपकी सुपर किङ्सले १४ ओभर २ बल खेल्दै मात्र १०५ रन बनाएको थियो । छपकीका लागि सर्वाधिक सोनु अन्सारीले ४० रन,समीरले २० रन र सिद्धान्तले १६ रन बनाए । सस्तोमै समेट्ने क्रममा मधेलिका लागि सुमित यादवले ५ र कमल खत्रीले ३ विकेट लिए।

त्यसपछि १ सय ६ रनको सामान्य लक्ष्यका लागि मैदान उत्रेको मध्यली च्यलेन्जर १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदा छापकी सुपर किङ्सले ३५ रनको जित दर्ता गर्न सफल भयो। माधेलिका लागि फिरदोष ले १७ ,ज्ञानेन्द्रले १२ बाहेक कसैले ब्याटिङमा दोहोरो अंक छुन सकेनन्।

छपकी सुपर किङ्स का लागि अभिषेक कुमार मेहताले ३,सिद्धान्त, श्रवण,दिपक ले २-२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच अभिषेक घोषित भए।

LEAVE A RESPONSE

Your email address will not be published.