onlinekhelkhabar.com

Complete website for Nepali Sports News

छपकीको लगातार दोस्रो जित

चैत्र २७ (अनलाइन खेल खबर )। सुनसरीमा जारी डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) मा छपकी सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा आईतबार भएको पहिलो खेलमा छपकी सुपर किंग्सले छिटाहा टाइगर्सलाई ८ रनले पराजित गरेको छ । यसअघि पहिलो खेलमा छपकीले गडी राईडर्सलाई ९ विकेटले पराजित गरेको थियो ।

खेलमा छपकीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको छिटाहा टाइगर्स २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रनमा सिमित हुन् पुग्दा छपकीलाई प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्न प्रयाप्त बन्यो ।

छिटाहा टाइगर्सका लागि रुपक बरालले सर्वाधिक ३७ रन र प्रवेश कमतीले ३८ रनको जोडे ।

बलिङतर्फ छापकी सुपर किंग्सका लब कामतले २, सिद्धान्त लोहनीले, दिपक जोशी, जोशक खड्का, श्रवण यादवले समान १ विकेट लिए ।

त्यसअघि गढि रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको छापकीले निर्धारित २० ओभरमा १ सय ७१ रन बनाएको थियो । उसका लागि रितेश रोयलले सर्वाधिक ६६  रन बनाए । यस्तै लव कामतले ३५ रनको योगदान गरे ।

छिटाहा टाइगर्सका अमन अलि र रेवती यादवले २-२ विकेट हात पारे । खेलका म्यान अफ द म्याच  रितेश रोय घोषित भए ।

LEAVE A RESPONSE

Your email address will not be published.