onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दाङ क्रिकेट लिगको तयारी तीब्र

फागुन , १९ (अनलाइन खेल खबर ) । आउँदो चैत्र १२ गतेदेखि सुरु हुन् गईरहेको दाङ क्रिकेट लिगको तयारी अहिले तीब्र गतिमा भईरहेको छ ।

दाङ क्रिकेट संघको आयोजनामा हुन् गईरहेको प्रतियोगिताका लागि घोराहीस्थित क्रिकेट मैदानको ब्यबस्थापनसँगै अक्सन ,टिम मालिकहरुको छ्नोट तथा खेलाडीहरुको फर्म दर्ता लगायतका कार्यहरु संचालन भईरहेको आयोजक दाङ क्रिकेट संघले जानकारी गराएको छ ।

संघका अध्यक्ष प्रदीप मजगैयाका अनुसार प्रतियोगितामा खेल्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले उत्साहित हुँदै आफ्नो नाम दर्ता गराईरहेका छन् । पछि यि दर्ता भएका खेलाडीबाट अक्सन हुँदै पाँच टोली बनाईने छ । अक्सनमा न्युनतम ४ हजार देखि उच्चतम १५ हजार सम्म बोलि लाग्ने छ । भने टोलीको मार्की खेलाडीको मूल्य टिम मालिकले निर्धारण गर्ने छन् ।

यता टिम किन्नका लागि धेरैले चासो देखाएको बुझिएको छ । जसका लागि युवा ब्यवसायी , पूर्व खेलाडी देखि राजनितिग्यहरुले चासो प्रकट गरेका छन् । र अहिले टिम मालिक लगभग पक्का भईसकेको अवस्था रहेको छ ।

लिगमा सहभागी पाँच टिमले एक – आपसमा खेलि लिगका शीर्ष दुईबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published.