onlinekhelkhabar.com

Complete website for Nepali Sports News

धादिङ जिल्ला स्तरिय टी- ट्वान्टी क्रिकेट प्रतियोगिता उपाधि गजुरीलाई

कार्तिक १८ (अनलाइन खेल खबर ) । धादिङ जिल्ला स्तरीय टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक समाज विकासले उचालेको छ ।

बिहीबार भएको प्रतियोगिताको फाइनल खेलमा गजुरीले त्रिपुरा सुन्दरीलाई २१ रनले पराजित गर्दै उपाधि उचालेको हो ।

खेलमा १ सय ११ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको त्रिपुरा सुन्दरी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८९ रनमा सिमित हुन् पुगेपछि गजुरीलाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

त्रिपुरा सुन्दरीका लागि उदय थापाले सर्वाधिक रन बनाउने क्रममा २१ रनको योगदान गरे । यी बाहेक अन्यको भने उल्लेख्य प्रदर्शन हुन् सकेन्

बलिङतर्फ गजुरीका सानु घले ले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका थिए ।

त्यसअघि विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गजुरीले निर्धारित २० ओभर पूरै खेल्दै आफ्नो सबै विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

गजुरीका लागि सविन उप्रेतीले ३४ बलमा ३ चौका सहित सर्वाधिक २८ रनको योगदान गरे । यस्तै सुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए ।

बलिङ तर्फ त्रिपुरा सुन्दरीका अनिल अधिकारीले २ तथा श्रीकृष्ण र उदय थापाले भने १-१ विकेट लिएका थिए ।

यो सँगै प्रतियोगिताको विजेता गजुरीले १ लाख र उप-विजेता त्रिपुरा सुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट र उत्कृष्ट बलर गजुरीका उज्ज्वल थापा चयन हुँदा उत्कृष्ट ब्याटर अम्रित थापा घोषित भए । भने गजुरीका सक्षम खरेल युवा उदीयमान खेलाडी बने ।

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलो पटक आयोजना भएको यस जिल्ला स्तरिय प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्