onlinekhelkhabar.com

Complete website for Nepali Sports News

चेन्नईलाई चौथों पटक आईपीएलको उपाधि

एजेन्सी । चेन्नई सुपर किंग्सले युएईमा सम्पन्न १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ ।

शुक्रबार राती भएको प्रतियोगिताको फाइनल खेलमा कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई च्याम्पियन बनेको हो । यो सँगै चेन्नईले चौथों पटक उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

यसअघि चेन्नईले सन् २०१०,२०११ र २०१८ मा उपाधि उचालेको थियो । यता सन् २०१२ र २०१४ मा कोलकता च्याम्पियन बन्दा लामो समयपछि उपाधिको नजिक पुगेर कोलकता उप – विजेतामै सिमित हुन् पुग्यो ।

खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय ९३ रनको चुनौतीलाई पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रनमा सिमित हुन् पुगेपछि खेल चेन्नईले आफ्नो पक्षमा पार्न सफल भयो ।

विशाल लक्ष्यलाई पछ्याएको भएपनी कोलकताको सुरुवात भने राम्रो हुन् पुगेको थियो । ओपनरद्वय शुभवन गिल र वेंकटेश अय्यरले राम्रो ब्याटिङ गर्ने क्रममा ९१ रनको ओपनिङ साझेदारी गरेका थिए । १०.४ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका वेंकटेश अय्यरले अर्धशतकीय पारी खेले । ३२ बलको सामना गरेका उनले ५ चौका र ३ छ्क्कासहित ५० रन बनाए ।

अय्यर आउट भएपछि कोलकताको विकेट पतन सुरु हुन् पुग्यो । मात्र ३४ रन जोड्दा उसले ७ विकेट गुमाएको थियो । यसबीचमा शुभमन गिलले ४३ बलमा ६ चौकासहित ५१ रन बनाउँदा अन्य खेलाडीहरुले निकै निराशाजनक प्रदर्शन गरे ।

अत्यतिर शिवम माभीले २० रन बनाउँदा लकी फर्ग्युसन १८ रनमा अविजित रहे ।

बलिङतर्फ चेन्नईका शार्दुल ठाकुरले तीन तथा रविन्द्र जडेजा र जोश हेजलवुडले दुई-दुई विकेट लिए । यस्तै दिपक चाहर र ब्राबोले एक-एक विकेट हात पारे ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । १९.६ ओभरमा शिवम माभीको बलमा क्याच आउट हुनुअघि उनले ५९ बलमा ७ चौका र ३ छ्क्कासहित ८६ रनको योगदान गरे ।

यस्तै अर्का ओपनर ऋतुराज गायकवाडले ३२ रन,रोबिन उथप्पाले ३१ रन बनाउँदा मोईन अलि ३७ रनमा अविजित रहे ।

बलिङमा कोलकताका सुनिल नारायणले दुई तथा शिवम माभीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्