onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विवाह बन्धनमा बाँधिए क्रिकेटर विनोद भण्डारी

काठमाडौं (अनलाइन खेल खबर) । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् ।

विनोद शुक्रबार खेल पत्रकार सोनिका अर्यालसँग वैवाहिक सम्बधमा बाँधिएका हुन् । नेपाली क्रिकेटमा ठूलो योगदान पुर्याएका विनोदले आफ्नो लामो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

यी दुईको वैवाहिक समारोह तनहुँको आँबुखैरेनीमा सम्पन्न भएको छ । केही समय अघि मात्र यी दुईको ईगेन्जमेन्ट भएको थियो ।

ईगेन्जमेन्ट पछि विनोदले काठमाडौंमा भएको चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेले । पोखरा राईनोजलाई फाइनलसम्म पुर्याएका उनले जिन्दगीको दोस्रो इनिङ्स पनि सुरुवात गरेका छन् ।

घरेलु प्रतियोगितामा त्रिभुवन आर्मीको नेतृत्व गर्ने भण्डारीले १२ एकदिवसीय र ३५ टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्