onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दिल्लीमाथि रोमान्चक जित निकाल्दै कोलकता आईपीएलको फाइनलमा

एजेन्सी । कोलकता नाइट राइडर्स युएईमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकता तेस्रो पटक फाइनल प्रवेश गरेको हो ।

खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्यलाई पछ्याएको कोलकताले उक्त चुनौतीलाई १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई फाइनल पुर्याउने क्रममा कोलकताका ओपनर ब्याट्सम्यानद्वय शुवमन गिल र वेंकटेश अय्यरले सानदार सुरुवात दिलाउने क्रममा ९६ रनको ओपनिङ साझेदारी गरेका थिए।

१२.२ ओभरमा कसिगो रबडाको बलमा आउट हुन् पुगेका अय्यरले ४१ बलमा ४ चौका र ३ छ्क्काको सहयोगमा ५५ रनको योगदान गरे । यस्तै नितिश रानाले १३ रन थप्दा तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका शुवमनले ४६ बलमा १ चौका र १ छ्क्कासहित ४६ रन बनाए ।

एक अवस्थामा सहज जिततर्फ अग्रसर भएको कोलकताविरुद्ध दिल्लीका बलर कसिलो रबाडाले १८ औं ओभरमा उत्कृष्ट बलिङ गर्दा खेलमा रोमान्चकता थपेको थियो । १७ ओभरको समाप्ती सम्ममा ३ विकेटको नोक्सानिमा कोलकता १ सय २५ रनको अवस्थामा रहेको थियो ।

तर १८ औं ओभरमा रबाडाले मात्र १ रन दिँदा दिनेश कार्तिकलाई शून्य रनमा पभेलियनको बाटो देखाएपछि खेलले थप रोचक मोड लिएको थियो । त्यसपछि अर्को ओभरमा कोलकताले थप ३ रन जोड्दा कप्तान मोर्गनलाई शून्य रनमा गुमाएपछि अन्तिम ओभरमा खेल जित्न कोलकतालाई ७ रनको आवस्यकता रहेको थियो ।

बलिङमा आश्विन रहेका थिए । उनले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा शाकिव अल हसन बिट हुन् पुग्दा तेस्रो बलमा उनि शून्य रनमा आउट हुन् पुगे । चौथों बलमा आश्विनले सुनिल नारायणको विकेट लिँदा पाँचौ बलमा राहुलले छ्क्का प्रहार गर्दा दिल्ली जित नजिक पुगेर स्तब्ध हुन् पुग्यो ।राहुल त्रिपाठीले १२ रन बनाए ।

बलिङमा दिल्लीका एनरिक नॉर्टजेले , आश्विन र कसिगो रबाडाले दुई- दुई तथा आभेश खानले एक विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

टिमले मध्यम स्कोर बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान शिखर धवनले सर्वाधिक ३६ रनको योगदान गरे । ३९ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा १ चौका र २ छ्क्का समेत प्रहार गरे । यस्तै अर्का ओपनर पृथ्वी शाले १८ रन बनाउँदा मार्कस स्टोइनिसले १८ रन शिमरोन हेटमायरले १७ तथा अविजित रहेका
श्रेयस अय्यरले ३० रन बनाए ।

बलिङतर्फ कोलकताका वरुण चक्रवतीले दुई तथा शिवम दुवे र लॉकी फर्ग्यूसनले एक -एक विकेट लिएका थिए ।

अब कोलकताले उपाधिका लागि तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्ससँग शुक्रबार खेल्नेछ । कोलकताले सन् २०१२ र २०१४ को संस्करण जित्दा चेन्नईले २०१० , २०११ र २०१८ को जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्