onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईपीएलको फाइनल पुग्न चेन्नईलाई दिल्लीको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी । युएईमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससामू चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर मा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको छ ।

दिल्लीले उक्त योगफल खडा गर्ने क्रममा ओपनर ब्याट्सम्यान पृथ्वी शाले उत्कृष्ट अर्धशतकीय पारी खेले । रविन्द्र जडेजाको बलमा क्याच आउट हुनुअघि उनले ३४ बलमा ७ चौका र ३ छ्क्काको सहयोगमा ६० रनको योगदान गरे ।

त्यसअघि अर्का ओपनर शिखर धवन भने सस्तैमा आउट हुने क्रममा मात्र ७ रन बनाएर पभेलियन फर्किएका थिए । चौथों ओभरको दोस्रो बलमा टिमको स्कोर ३६ रन हुँदा उनि जोश हेजलवुडको बलमा महेन्द्र सिंह धोनिको हातबाट क्याच आउट हुन् पुगे ।

शिखर आउट भएपछि पृथ्वीलाई साथ दिन श्रेयस अय्यर मैदानमा आएका थिए । तर उनको प्रदर्शन भने निराशाजनक रहयो । ८ बलको सामना गरेका उनले १ रन मात्र बनाए । हेजलवुडले लगातार दोस्रो विकेट लिएपछि राम्रो ब्याटिङ गरेको दिल्लीलाई सोच्न बाध्य बनायो ।

९.४ ओभरमा टिमको स्कोर ७७ रन हुँदा दिल्लीले तेस्रो विकेटका रुपमा अक्षर पटेललाई गुमायो । मोईन अलिको बलमा आउट हुन् पुगेका उनले ११ बलमा १ चौकासहित १० रन जोडे ।

पटेलपछि राम्रो ब्याटिङ गरिरहेका पृथ्वी ११ औं ओभरको दोस्रो बलमा टिमको स्कोर ८० रन हुँदा चौथों विकेटका रुपमा आउट हुन् पुगे । यसपछि भने टिमको पारीलाई कप्तान ऋषभ पन्त र शिमरोन हेटमायरले अगाडी बढाए ।

टिमको स्कोर उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका यी दुई बीच पाँचौ विकेटका लागि ८३ रनको साझेदारी हुन् पुगेको थियो । १८.४ ओभरमा टिमको स्कोर १ सय ६३ रन हुँदा आउट हुन् पुगेका हेटमायरले ३७ रनको योगदान गर्दा पन्त ५१ रनमा अविजित रहे । ३५ बलको सामना गरेका उनले त्यस क्रममा ३ चौका र २ छ्क्का प्रहार गरे ।

बलिङतर्फ चेन्नईका जोश हेजलवुडले २ तथा रविन्द्र जडेजा , मोईन अलि र ब्राबोले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्