onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ललितपुरमाथि काठमाडौंको सानदार जित

काठमाडौं (अनलाइन खेल खबर) । चौथों सस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा काठमाडौं किंग्स इलाभेनले सानदार सुरुवात गरेको छ ।

प्रतियोगितामा सानदार सुरुवात गर्ने क्रममा काठमाडौंले शनिबार साविकको विजेता ललितपुरलाई ७ विकेटले पराजित गर्यो । खेलमा ललितपुरले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्यलाई काठमाडौंले १४.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमको सहज जितमा जिम्बाबेका रयान बर्लले सर्वाधिक ठूलो पारी खेले । आक्रामक ब्याटिङ गरेका उनले अविजित रहदै ७३ रन बनाए । ३४ बलको सामना गरेका उनले उक्त पारी खेल्ने क्रममा ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाज़ले अर्धशतकीय पारी खेल्ने क्रममा ५९ रनको योगदान गर्दा राजु रिजाल १९ रनमा अविजित रहे ।

बलिङमा ललितपुरका पवन सरार्फले एक विकेट हात पारे ।

त्यसअघि त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

टिमले उक्त योगफल बनाउँने क्रममा उसका लागि मध्य क्रमका ब्याट्सम्यान पवन सरार्फले अर्धशतक पूरा गरे । टिमको स्कोर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले ४४ बलको सामना गर्दै ५ चौका र ४ छक्काको सहयोगमा ६१ रन बनाए । यस्तै टोलीका लागि योगेन्द्र सिंह कार्कीले ३३ रन थप्दा सङखर रानाले १४ रन र भुटानी खेलाडी मिक्यो दोर्जी १७ रनमा अविजित रहे ।

बलिङमा काठमाडौंका तीब्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ४ तथा गुलशन झा र रार्यनले २-२ विकेट हात पारे । यस्तै आफ्नो स्पेलको ४ ओभर बलिङ गरेका पाकिस्तानका स्टार खेलाडी शाहिद अफ्रिदी विकेटविहिन रहदै ३२ रन खर्चिएका थिए।

प्रतिक्रिया दिनुहोस्