onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ईपीएल आजबाट : उद्घाटन खेलमा ललितपुरले काठमाडौंको सामना गर्ने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालको चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल ) को चौथों संस्करण आज शनिबारबाट सुरु हुन् गईरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलाभेनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्र्सको
सामना गर्नेछ ।

दिउँसो सवा १२ बजेपछि सुरु हुने खेलमा दुबै टिमले सुखद नतिजा निकाल्ने रणनीतिका साथ मैदानमा उत्रिने छन् । प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्य लिएका यी दुई टिमको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

खेलमा पाकिस्तानका स्टार क्रिकेटर शाहिद अफ्रिदि केन्द्रमा रहने छन् । काठमाडौं किंग्समा आवद्ध उनले ईपीएलका सुरुवाती दुई खेल खेल्ने भनिएको छ । यी सँगै विदेशी खेलाडीको हकमा काठमाडौंमा अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन् ।

यस्तै गत संस्करणको च्याम्पियन समेत रहेको ललितपुरमा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके रहेका छन् ।

असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा ६ फेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० लाख र उप – विजेताले १५ लाख प्राप्त गर्नेछ ।

ललितपुरको टोली : कुशल भुर्तेल(कप्तान),सुर्य तामाङ, पवन सर्राफ,सन्दिप जोरा,सोनु तामाङ,राशिद खान,शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी

काठमाडौंको टोली : सन्दिप लामिछाने(कप्तान),अमित श्रेष्ठ, सुबास खकुरेल,राजु रिजाल,शेर मल्ल,सिद्धान्त लोहनी,संसाद शेख,दिपेन्द्र रावत,आकाश चन्द,अमर सिंह रौटेला,गुलशन झा ,शाहिद अफ्रिदी,जनक प्रकाश,रायन बर्ल र रहमनुल्लाह गुर्बज

प्रतिक्रिया दिनुहोस्