onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कुशलले ललितपुरको कप्तानी गर्ने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्र्सको कप्तानी गर्ने भएका छन् ।

बिहिबार कप्तान ज्ञानेन्द्र मल्लले ब्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने भएपछि कुशललाई कप्तानीको जिम्मेवारी सुम्पिएको हो । यो सँगै उच्च लयमा रहेका कुशलको कप्तानीमा ललितपुरको ईपीएल यात्रा कस्तो हुनेछ । त्यो हेर्नलायक हुनेछ ।

युवा खेलाडीको बाहुल्यता रहेको ललितपुरमा कुशलसँगै,पवन सरार्फ ,सन्दीप जोरा,राशिद खान,सोनु तामाङ,योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल,बिभत्सु थापा,अरियो पौडेल,शंखर राना,नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।
यस्तै विदेशी खेलाडीको हकमा श्रीलंकन दुई खेलाडी सन्दुन र फर्नान्डोसँगै भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमरजाई रहेका छन् ।

ईपीएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । कुल ६ फेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्दा उप-विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।यता प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरले काठमाडौंको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्