onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) नखेल्ने भएका छन् ।

ईपीएलमा मल्लले साविकको च्याम्पियन समेत रहेको ललितपुर प्याट्रियट्र्सको नेतृत्व गर्दै आएका थिए । तर यसपटक उनले ब्यक्तिगत कारण नखेल्ने भएका छन् ।

ललितपुरले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मल्लले नखेल्ने बताएको थियो । प्रतियोगिताको मुखैमा मल्ल नखेल्ने भएपछि टोलीको रणनितिमा केही फेरबदल पक्कै हुनेछ । यसका साथै टोलीको नेतृत्व गर्ने मौका कसले पाउने छन् त्यो चासोको विषय बनेको छ।

सम्भवत टोलीको नेतृत्व गर्ने मौका कुशल भुर्तेल र पवन सरार्फ मध्य एकले पाउँने छन् । यदी टोलीले कप्तानी विदेशी खेलाडीलाई सुम्पेको खण्डमा सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डोको पनि सम्भावना रहन्छ ।

मल्लको अनुपस्थितमा पनि टोली सन्तुलनमै देखिन्छ । मल्ल नखेलेपनी युवाको बाहुल्यता रहेको टोली सन्तुलितनै देखिन्छ ।

ललितपुरमा कुशल र पवनसँगै सन्दीप जोरा,राशिद खान, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा,अरियो पौडेल,शंखर राना,नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।

यस्तै विदेशी खेलाडीको हकमा श्रीलंकन दुई खेलाडी सन्दुन र फर्नान्डोसँगै भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमरजाई रहेका छन् ।

शनिबार देखि सुरु हुने प्रतियोगितामा ललितपुरले उद्घाटन खेलमै काठमाडौंको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्