onlinekhelkhabar.com

Complete website for Nepali Sports News

यी हुन् क्यानले नियुक्त गरेको प्रदेशका क्रिकेट प्रशिक्षकहरु

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेशका लागि क्रिकेट प्रशिक्षक नियुक्त गरेको छ ।

आवेदन माग गरेको झन्डै एक वर्षपछि क्यानले शनिबार प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको छ । जस अन्तर्गत प्रदेश १ को प्रशिक्षकमा पुस्प थापा चयन हुँदा प्रदेश २ मा प्रकाश शर्मा र सुनिल कुमार साह प्रशिक्षकमा नियुक्त भएका छन् ।

यस्तै बागमती प्रदेशमा सन्जय महर्जन,गण्डकी प्रदेशमा रिजन प्रजु , लुम्बिनीमा वसन्त शाही र जमिल अन्सारी नियुक्त हुँदा कर्णाली प्रदेशमा विरेन्द्र शाही र सुदुर पश्चिममा खेल राज भट्ट र जानकी भट्ट चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्