onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अमेरिकाविरुद्ध कप्तान मल्लको अर्धशतक पूरा

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेलमा अर्धशतकीय पारी खेलेका छन् ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हालसम्म मध्यम सुरुवात गरेपनि मल्लले नेपालको इनिङ्सलाई अगाडी बढाउने क्रममा अर्धशतक पूरा गरेका हुन् ।

मल्लले एकदिवसीयमा तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा उनले ९१ बलमा ३ चौकाको सहयोगमा अर्धशतकीय पारी खेले । यसअघि मल्लले सन् २०१८ मा नेदरल्यान्डविरुद्ध ५१ रनको पारी खेल्दा अघिल्लो वर्ष नेपालमै आयोजना भएको लिग-२ कै ओमानविरुद्धको खेलमा उनले ५६ रन बनाएका थिए ।ताजास्थितिमा नेपालले ४१ ओभरमा आफ्नो ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको अवस्था छ ।

त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छ्क्काको सहयोगमा ३६ रन बनाउँदा मोहम्मद आशिफ शेखले ३ रन र रोहित कुमार पौडेल २ रनमा आउट हुन् पुगेका थिए ।

यस्तै विकेट किपर ब्याट्सम्यान विनोद भन्डारीले १० रन थपेका थिए । भने अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका गुलशन झाले ५३ बलमा २ चौका र १ छ्क्कासहित २८ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्