onlinekhelkhabar.com

Complete website for Nepali Sports News

गुलशनले गरे राष्ट्रिय टोलीमा डेब्यू

काठमाडौं (अनलाइन खेल खबर ) । तीब्र गतिका बलर गुलशन झाले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् ।

राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा उनले शुक्रबार अमेरिकाविरुद्धको खेलमा अन्तिम-११ मा स्थान पक्का गरेका हुन् ।

गत फागुनमा भएको काठमाडौं मेयर्स कपमा विभागीय टोली नेपाल पुलिसबाट खेलेका उनले आफ्नो प्रदर्शनबाट सबैलाई प्रभावित गरेका थिए । जुन उनको पहिलो घरेलु प्रतियोगिता समेत रहेको थियो ।

बलको गति र लोभलाग्दो बाउन्सर गर्न माहिर गुलशनलाई सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाली टोलीको बन्द प्रशिक्षणमा बोलाईएको थियो । बन्द प्रशिक्षणमा पनि राम्रो प्रभाव छोड्न सफल भएपछि गुलशन नेपाली टोलीमा पर्न सफल भएका थिए ।

यसबीचमा नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज र विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानसँग एक -एक खेल खेलिसकेको छ । यी खेलमा झा बेन्चमै रहेका थिए । अन्ततः टोलीमा रहेका झाले ४ खेलपछि अन्तिम-११ मा स्थान पक्का गर्न सफल भएका छन् ।

यता टोलीले अमेरिकाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । ओमानस्थित अम अमेरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा टस जितेर अमेरिकाले नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको छ ।खेलमा विक्रम शोबलाई बेन्चमा राखेर झालाई मौका दिईएको हो ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, गुलशन झा, सन्दीप लामिछाने र सुशान भारी

प्रतिक्रिया दिनुहोस्