onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अमेरिकालाई लगातार चौथों पटक स्तब्ध बनाउने सोचमा नेपाल

काठमाडौं (अनलाइन खेल खबर ) । ओमानमा जारी विश्वकप लिग-२ अन्तर्गतको अमेरिका,नेपाल र ओमान सम्मलित त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकाको सामना गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो सवा ४ बजेपछि अल अमेरात क्रिकेट मैदानमा हुने खेलमा नेपाल स्पष्ट जितको खोजिमा रहने छ । पहिलो खेलमा पनि नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल अमेरिकाविरुद्ध लगातार जित निकाल्ने योजनामा रहँदा अमेरिका नेपालविरुद्ध बदला लिने सोचमा रहने छ ।

अमेरिकामाथि जित निकाल्दै हौसिएको नेपाल दोस्रो खेलमा घरेलु टोली ओमानसँग ५ विकेटले पराजित हुन् पुगेको थियो ।

समग्रमा हालसम्म लिग-२ मा ६ खेल खेलेको नेपालले ३ खेलमा जित र ३ मा हार ब्यहोर्दै ६ अंकका साथ अंकतालिकाको छ्ठौं स्थानमा रहेको छ । नेपालको तीन जितनै अमेरिका विरुद्ध रहेको छ । १४ खेल खेलेको अमेरिका १२ अंकका साथ दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको ओमानको १२ खेलबाट २० अंक रहेको छ ।

एकदिवसीय विश्वकपको छ्नोटको प्रक्रियाको रुपमा रहेको लिग -२ मा कुल ७ टिमको प्रतिस्पर्धा रहेको छ । यहाँबाट शीर्ष तीन टोली सिधै विश्वकपको ग्लोबल छ्नोटमा स्थान बनाउँदा बाँकी ४ टोलीले प्ले अफ पार गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्