विराटले कप्तानी छाड्ने

विराटले कप्तानी छाड्ने

एजेन्सी । ओमान र युएईमा हुन् गईरहेको आईसीसी टी-ट्वान्टी विश्वकप पछि विराट कोहलीले भारतीय टी-ट्वान्टीको कप्तानी छोड्ने निर्णय गरेका छन् ।

बिहिबार उनले आफ्नो सामाजिक संजालमार्फत कप्तानी छोड्ने घोषणा गरेका छन् । टोलीका तीन वटै ढाँचाका कप्तान विराटले अब एकदिवसीय र टेस्टमा टोलीको नेतृत्व गर्नेछन् ।

विराटले कप्तानी छोडेपछि टोलीको नेतृत्व हाल उप-कप्तान रहेका अनुभवी ओपनर ब्याट्सम्यान रोहित शर्माले गर्न सक्ने उच्च सम्भावना रहेको छ ।

सन् १०१४ देखि भारतीय टेस्टको नेतृत्व गरेका उनले लिमिटेड ओभरको कप्तानी भने सन् २०१७ बाट सम्हाल्न लागेका हुन् । उनको कप्तानीमा भारतीय टोली सन् २०१७ मा आईसीसी च्याम्पियन ट्रफीको फाइनल , सन् २०१९ मा एकदिवसीय विश्वकपको सेमिफाइनल र सन् २०२१ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

फेन्चाइज क्रिकेटको हकमा उनले रोयल च्यालेन्जर्स बेंगलोरको कप्तानी गर्दै आएका छन् । सन् २०१२ बाट आईपीएल टोली बेंगलोरको कप्तानी गर्दै आएका विराटको मातहतमा रहेको बेंगलोर सन् २०१६ मा उप-विजेता बनेको थियो ।बेंगलोरलाई फाइनलमा हैदराबादले ८ रनले पराजित गरेको थियो ।

टिम प्रशिक्षक,पदाधिकारी र खेलाडीहरुसँग सल्लाह गरेर उनले आफुले कप्तानी छोड्न लागेको बताएका छन् । अब उनले खेलमा थप केन्द्रित हुन् मनसाय बनाएका छन् । उनको कप्तानीमा भारतले कुनै पनि उपाधि उचाल्न नसकेपनि भारतीय टोली आज जुन स्थानमा रहेको छ । यो स्थान सम्म ल्याउन उनको भूमिका अतुलनीय रहेको छ ।