onlinekhelkhabar.com

Complete website for Nepali Sports News

युवा स्टार अर्जुन पहिलो पटक फेन्चाइज प्रतियोगितामा छ्नोट

काठमाडौं (अनलाइन खेल खबर) । गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएका १५ वर्षिय युवा ब्याट्सम्यान अर्जुन कुमालले पहिलो पटक फेन्चाइज क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा उनि पोखरा राइनोजबाट खेल्ने पक्का भएको छन् ।

टोलीले उनलाई ट्यालेन्ट हन्टबाट टोलीमा भित्राएको छ । यु-१६ बाट दुई अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेका अर्जुनले राम्रो सम्भावना देखाएका छन् ।

त्यसैको फलस्वरुप उनलाई माघमा नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत बोलाईएको थियो । उनले हालसम्म दुई घरेलु प्रतियोगिता खेलेका छन् । जसमा उनको प्रधानमन्त्री कप डेब्यु प्रतियोगिता रहेको थियो ।

प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेपछि उनि प्रधानमन्त्री कप लगत्तै काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौंमै भएको काठमाडौं मेयर्स कपमा काठमाडौं -११ बाट खेलेका थिए । प्रधानमन्त्री कपका सेमिफाइनल टिम र बाँकी एक टोली सोही प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई सम्मलित बनाएर तयार गरिएको थियो । जसको कप्तानी सन्दीप लामिछानेले गरेका थिए ।

प्रधानमन्त्री कपमा गण्डकीबाट राम्रो प्रदर्शन गरेका उनले आर्मीविरुद्ध ३६ रन बनाएका थिए त्यसपछि अर्जुनले प्रदेश १ विरुद्ध ३५ र कर्णालीविरुद्ध ४६ रनको यादगार पारी खेलेका थिए ।

उमेर कम भएपनि उनको ब्याटिङ शैली भने लोभलाग्दो रहेको छ । त्यसको फलस्वरुप उनि धेरैको नजरमा समेत रहेका छन् । यु-१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने लक्ष्य बोकेका अर्जुन दिल्लीमा आफ्नो क्रिकेटिङ कौशललाई अझ मजबुद बनाउँदै छन् । तसर्थ अर्जुन प्रतियोगिता खेल्न मात्र स्वदेश आउने गर्छन् ।

पोखराले अर्जुनसँगै मुख्य प्रशिक्षकको जिम्मा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक उमेश पटवाललाई सुम्पेको छ । अनुभवी विकेट किपर ब्याट्सम्यान विनोद भन्डारीको कप्तानीमा रहेको पोखरामा सुनिल धमला,रित गौतम,किशोर महतो,विक्रम शोब, बिपिन खत्री,लोकेश बम,पृथु बास्कोटा,विवेक यादव र विपिन रावल लगायतका खेलाडीहरु रहेका छन् । भने विदेशी खेलाडीको हकमा दक्षिण अफ्रिकाका ओपनर रिचर्ड लेभी आउने पक्का भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्