onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कुशल भुर्तेल प्लेयर अफ द म्याच घोषित

काठमाडौं (अनलाइन खेल खबर ) । ओमानमा जारी एकदिवसीय विश्वकप छ्नोट अन्तर्गतको लिग -२ मातहतको ओमान,अमेरिका र नेपाल सम्मलित त्रिकोणात्मक सिरिजमा अमेरिकामाथि नेपालले ५ विकेटको जित निकाल्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेका नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल खेलको प्लेयर अफ द म्याच घोषित भएका छन् ।

सोमबार राती ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा कुशल एक्लैले ८४ रनको योगदान गरेका थिए । नेपालको जितको प्रमुख आधार बनेका उनले निसर्ग पटेलको बलमा एलबिडब्लुको सिकार हुनुअघि ९३ बलमा ३ चौका र ३ छ्क्का सहयोगमा उक्त रन बनाएका थिए ।

त्यस क्रममा ६६ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । यो सँगै एकदिवसीय क्रिकेटमा कुशल र आशिफ शेख सर्वाधिक रन बनाउने नेपालका ओपनर जोडी बनेका छन् ।

आशिफसँग मिलेर ठोस सुरुवात दिलाएका उनले रोहित कुमार पौडेलसँग पनि ५१ रनको साझेदारी गरे । हालसम्म ३ मात्र एकदिवसीय खेल खेलेका कुशलको यो पहिलो अर्धशतक समेत हो । उनले केही दिनअघि मात्रै ओमानमा पपुवा न्युगिनीविरुद्ध खेल्दै एकदिवसीयमा डेब्यु गरेका थिए । जसमा उनले पहिलो खेलमा १५ रन र दोस्रोमा ३ रन बनाएका थिए ।

नेपालको जितमा आशिफ शेखले २३ रन,कप्तान ज्ञानेन्द्र मल्लले १७ रन,विनोद भन्डारीले ३७ तथा रोहित कुमार पौडेल ६२ रनमा अविजित रहे ।

यो जितसँगै लिग-२ मा ५ खेल खेलेको नेपालले ३ खेलमा जित निकाल्दै ६ अंक जोडेको छ । अब नेपालले मंगलबार घरेलु टोली ओमानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्