onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं (अनलाइन खेल खबर) । ओपनर ब्याट्सम्यान कुश भुर्तेल र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेल्दा ओमानमा जारी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।

खेलमा अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको बलियो चुनौतीलाई नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र मोहम्मद आशिफ शेखले ठोस सुरुवात दिए । टिमलाई ठोस सुरुवात दिने क्रममा यो जोडीले ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालको हालसम्मकै सर्वाधिक उच्च ओपनिङ साझेदारी हो ।

१३.६ ओभरमा नोस्थुश केन्जिगेको बलमा क्याच आउट हुँदै पहिलो विकेटका रुपमा पभेलियन फर्किएका आशिफले ४२ बलको सामना गर्दै २ चौकाको मद्धतमा २३ रनको योगदान गरे ।

आशिफपछि कुशललाई साथ दिन टिमका कप्तान ज्ञानेन्द्र मल्ल मैदान आएका थिए । उनले भने ठूलो स्कोर गर्न सकेनन् । २०.१ ओभरमा टिमको स्कोर ९३ रन हुँदा निसर्ग पटेलको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका मल्लले १५ बलमा १ चौका र १ छ्क्कासहित १६ रन जोडे ।

त्यसपछि भने कुशल र रोहितले नेपालको पारीलाई सम्हाने क्रममा तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्न पुगे । ३२.१ ओभरमा टिमको स्कोर १ सय ४४ रन हुँदा ब्यक्तिगत ८४ रनमा कुशल आउट भएका थिए । एकदिवसीयमा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ९३ बलको सामना गर्दै ३ चौका र ३ छ्क्का समेत प्रहार गरे । उनि पनि निसर्ग पटेलकै बलमा एलबिडब्लुको सिकार हुन् पुगेका थिए ।

कुशलपछि नेपालको इनिङ्सलाई रोहितले अगाडी बढाउने क्रममा उनले सानदार ब्याटिङ गर्ने क्रममा अविजित रहदै ६२ रनको योगदान गरे । ८७ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा २ चौका र ३ छ्क्का प्रहार गरे ।

यस्तै कुशल मल्लले १ रन बनाउँदा विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले ३७ रन जोड्दा करण केसी १ रनमा अविजित रहे ।

बलिङमा अमेरिका नोस्थुश केन्जिगे र निसर्ग पटेलले समान २ विकेट लिए । भने कप्तान सौरभ नेत्रवलकरले पनि १ विकेट लिएका थिए ।

त्यसअघि सोमबार राती ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि मोनांक पटेलले शतकीय पारी खेले ।एकदिवसीयमा पहिलो शतक प्रहार गर्ने क्रममा उनले सय रन बनाए । १ सय १४ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ९ चौका र १ छ्क्का प्रहार गरे । ४६.२ ओभरमा टिमको स्कोर २ सय १ रन हुँदा आठौं विकेटका रुपमा पभेलियन फर्किएका उनि विक्रम शोबको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट हुन् पुगेका थिए ।

यि बाहेक टोलीका लागि निसर्ग पटेलले २१ रन,करिमा गोरेले १६ रन बनाउँदा ओपनरद्वय स्टीवन टेलर र सुशांत मोदानीले क्रमशः १४ र १६ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने,विक्रम शोब र सुशन भारीले समान २ विकेट लिए । भने कुशल मल्लको नाममा १ विकेट रहयो ।

यो जितसँगै लिग-२ मा ५ खेल खेलेको नेपालले ३ खेलमा जित निकाल्दै ६ अंक जोडेको छ । अब नेपालले मंगलबार घरेलु टोली ओमानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्