onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दीपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान दीपेन्द्र सिंह एरीले ओमान ,अमेरिका र नेपाल सम्मलित त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईतबार दीपेन्द्रले सिरिज गुमाउने जानकारी गराएको छ । उनले केही दिन अघि अभ्यासकै क्रममा खुट्टामा चोट बोकेका थिए । अब उनले करिब दुई हप्ता आराम गर्नेछन् ।

एकदिवसीय विश्वकपको छ्नोट अन्तर्गतको आईसीसी विश्वकप लिग -२ मातहतको यस सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकाको सामना गर्नेछ ।

त्यसपछि नेपालले भदौ २९ गते घरेलु टोली ओमानको सामना गर्दा असोज १ गते अमेरिका र ३ गते फेरी ओमानको सामना गर्नेछ ।

लिग-२ मा हालसम्म ४ खेल खेलेको नेपालले २ खेल जित्दै अंकतालिकामा ४ अंक जोडेको छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल,दीपेन्द्रसिंह ऐरी,कुशल भुर्तेल, आसिफ शेख,गुलशन झा,आरिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सोमपाल कामी,सन्दीप लामिछाने, अविनाश बोहरा,सुशान भारी,शरद भेषावकर,विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

प्रतिक्रिया दिनुहोस्