onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बंगलादेशका स्टार खेलाडी तमिमले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं (अनलाइन खेलखबर) । बंगलादेश एकदिवसीय टोलीका कप्तान तमिम इकबालले चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् ।

शनिबार भैरहवाले एक प्रेस विज्ञप्ति जारी गर्दै टोलीमा अनुबन्ध गरेको जानकारी गराएको छ । आसन्न आईसीसी टी- ट्वान्टी विश्वकपका लागि आफू भन्दा टी-ट्वान्टीमा अरु लयमा रहेको भन्दै उनि टोलीबाट बाहिर भएका थिए ।

तमिम बंगलादेश क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशबाट ६४ टेष्ट,२ सय १९ एकदिवसीय र ७८ टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । जसमध्य टेष्टमा ४ हजार ७ सय ८८ रन,एकदिवसीयमा ७ हजार ६ सय ६६ रन र टी- ट्वान्टी अन्तर्राष्ट्रियमा उनले १ हजार ७ सय ५८ रन बनाएका छन् ।

यसअघि भैरहवाले विदेशी खेलाडीको रुपमा श्रीलंकाको पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसादलाई टोलीमा अनुबन्ध गरि सकेको अवस्था छ । यस्तै श्रीलंकाकै अर्का खेलाडी दीनेश चान्डिमलको नाम सार्वजनिक गरेपनि अन्तर्राष्ट्रिय व्यस्तताको कारण उनि भने अनुपस्थित हुने भएका छन् ।

तमिमको आगमनसँगै पछिल्लो दुई संस्करणको उप-विजेता भैरहवा थप बलियो बनेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवामा मोहम्मद आरिफ शेख, रोहित कुमार पौडेल,अभिनाश बोहरा,कुशल मल्ल,प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की,अनिल खरेल,हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री,दुर्गेश थापा र हिमान्शु रहेका छन् ।

यता प्रतियोगिता असोज ९ गते देखि २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्