onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाली फेन्चाइज क्रिकेटमा भुटानको प्रवेश

काठमाडौं (अनलाइन खेल खबर) । भुटान क्रिकेट टोलीका युवा ब्याट्सम्यान रञ्जंग मिक्यो दोर्जीले चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

आगामी असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलका लागि उनलाई साविकको च्याम्पियन समेत रहेको ललितपुर प्याट्रियटर्सले टोलीमा भित्राएको छ ।

नेपाली क्रिकेटलाई धेरै नजिकबाट नियाल्ने दोर्जीले सन् २०१९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । टियु क्रिकेट मैदानमा भएको उक्त प्रतियोगिता अन्तर्गत उनले डेब्यु खेलमै नेपालविरुद्ध ४ छ्क्कासहित २७ रन बनाएका थिए ।

यो सँगै दक्षिण एसियाको सुन्दर तथा सानो भूपरिवेष्ठित देश भुटानबाट नेपाली फेन्चाइज क्रिकेटमा प्रवेश गर्ने उनि पहिलो भुटानी बनेका छन् ।

नेपाली फेन्चाइज प्रतियोगितामा अनुबन्ध भएपछि दोर्जीले यसलाई अवसरको रुपमा लिएका छन् । र टिमलाई धन्यवाद समेत ब्यक्त गर्दै नेपालमा खेल्न धेरै उत्साहित रहेको बताएका छन् ।

यता दोर्जीको अनुबन्धको खबर बाहिर आएपछि नेपाली क्रिकेट सरोकारवालाले यसलाई बडो आधारको रुपमा लिएका छन् ।समर्थकबाट पनि उर्जावान प्रतिक्रिया आईरहेको छ । पछिल्लो समय भुटानले खेलकुदमा क्रमशः सुधार गर्दै पनि आएको छ । त्यसको झल्को खेलमा प्रष्टै देखिन्छ ।