नेपालि बलर सामु पपुवा न्युगिनी पुरै निरिह ,नेपाल सामु ११५ रनको लक्ष्य प्रस्तुत : नेपाल एकदिवसीय मान्यता पाउन निकै नजिक
चैत्र १ , अनलाईन खेलखबर || जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता को प्ले अफ मा अहिले नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन । हरारे स्पोर्ट्स क्लब क्रीकेट मैदान मा टस जितेर नेपाल ले पपुवा न्युगिनी लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी नेपाली बलर सामु पुरै निरीह साबित हुँदै २७.२ ओवर मा अलआउट हुदै मात्र १ सय १४ रन बनाउन सफल भएको छ ।
पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनी नेपालि बलर सामु खुलेर खेल्न सकेनन तेस्रो ओवर मै पहिलो विकेट गुमाएको थियो पपुवा न्युगिनि ले पहिलो बिकेट का लागि कप्तान भाला सोमपाल कामी को बल मा एलबिडब्लु को सिकार बनेका थिए उनले १० रन बनाएका थिए , यस्तै दोस्रो बिकेट ७.५ औँ ओवर मा करन केसि ले दिलाएका थिए , करनको बल मा उरा मात्र ११ रन बनाउदै पभेलियन फर्किएका थिए , यस पछि सन्दिप को सिकार बने सोपर उनले पनि १० रन बनाएका थिए , यस्तै चौथो विकेट पनि सन्दिप ले हात पारे १५ औँ ओवर मा बाबु ११ रन बनाएर आउट हुन पुगेका थिए । पुन सन्दिप ले अर्को अर्थात आफ्नो लगातार तेस्रो बिकेट लिने क्रममा दाई सिकार बने दाई ले मात्र ५ रन बनाएका थिए । यस्तै अर्को विकेट पनि सन्दिप ले लिए यो उनको लगातार चौथो बिकेट लिने क्रममा डोरिगा १० रन मा सिकार हुन पुगे , यसरी सन्दिप ले लगातार ४ विकेट् लिए पछि पपुवा न्युगिनी पुरै दबाब मा आएको थियो ।।
यस पछि पपुवा न्युगिनी को सातौ बिकेट २४ औ ओवर मा गएको थियो दिपेन्द्र सिहँ एरि को बल मा पपुवा न्युगिनी का ब्याटसम्यान अमिनि १९ रन बनाए पछि एलबीडब्लू को सिकार हुन पुगेका थिए । यस पछि पपुवा न्युगिनि को आठै बिकेट् दीपेन्द्र ले लिए , आठौं बिकेट्का लागि किला १५ रन बनाएर २५.३ ओवर मा आउट हुन पुगे । यस्तै अर्को बल २५.४ ओवर मा अर्को बिकेट हात पारे दिपेन्द ले जुन भान्वा को थियो उनले कुनै रन बनाउन सकेनन । र अन्तिम बिकेट का रुपमा एरि को बलमा रेभा आउट हुदाँ पपुवा न्युगिनी मात्र १ सय १४ रन मा समेटिन बाध्य भयो । र नेपाल सामु १ सय १५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
यदि यो खेल मा नेपाल ले जित हासिल गर्छ भने एकदिवसीय मान्यता प्राप्त का लागि निकै नजिक पुग्नेछ र नेपाल लाई अर्को प्ले अफ मा जुन अहिले जारि रहेको छ नेदरल्यान्ड ले हङकङ लाई पराजित गरेर साथ दिनुपर्नेछ । सो खेल मा नेदरल्यान्ड बिजयी हुन्छ भने नेपाल ले पपुवा न्युगिनी लाई हराउदै पहिलो प्ले अफ बाटै एकदिवसीय मान्यता प्राप्त गर्नेछ , यदि नेदरल्यान्ड पराजित हुन्छ भने नेपाल ले दोस्रो प्ले अफ हङकङ सगँ खेल्नु पर्नेहुन्छ ।
बिश्वकप छनोट प्रतियोगिता खेल्न जानूअघि नेपालले समूह चरण का खेल हरु मा उत्कृष्ट प्रदंशन गर्दै सुपर सिक्स मा पुग्दै सिदै एकदिवसीय मान्यता प्राप्त गर्ने तर नेपाल को सोछ अनुसार प्रदशन हुन भने सकेन , कुल खेलेका ४ खेल मध्य मा मात्र एक खेल मा जित हासिल गर्न सफल भयो जुन हङकङ विरुद्ध थियो ।
भने प्रतियोगिता को सातौ, आठौँ स्थानका लागि प्ले अफ खेल्न बाध्य बन्यो र नेपाल को एकदिवसीय मान्यता पाउँने सपना अब प्ले अफ हुँदै त्यो सपना लाई बिपना मा परिणत गर्न निकै नजिक पुगेको छ । नेपाल ले समूह चरण मा खेलेका ४ खेल मध्य लगातार ३ खेलमा पराजित भएको थियो पहिलो खेलमा आयोजक जिम्बाबे सगँ १ सय १६ रन ले यस्तै दोस्रो खेल मा स्कटल्याण्ड सगँ ४ विकेट ले पराजित हुँदा तेस्रो खेल मा अफगानिस्तान सगँ ६ विकेट ले पराजित हुन पुगेको थियो भने नेपाल का लागि निकै महत्त्वपूर्ण अन्तिम खेल मा हङकङ माथी ५ विकेटको जित निकाल्दै एकदिवसीय मान्यता प्राप्त गर्ने प्ले अफ बाट ढोका खोलेको छ |
यदि उक्त खेल मा नेपाल पराजित भएको भए यो सम्भावना त्यही समाप्त हुने थियो , आईसीसी को नियम अनुसार यस प्रतियोगिता बाट ३ टिम लाई सन २०२२ सम्म का लागि एकदिवसीय मान्यता दिने प्राबधान रहेको हुदा समुह चरण बाट सुपर सिक्स मा युएई र स्कटल्याण्ड प्रबेश गरेको हुदा मात्र एक स्थान मात्र खाली थियो , जुन नेपाल ले त्यो सम्भावना लाई खोल्न पनि नेट रनरेट सुधार गर्दै जित निकाल्नु पर्ने थियो र भयो पनि त्यही अन्तिम खेल समाप्ती मा अफगानिस्तान , नेपाल र हङकङ को समान २/२ अकं भए पनि नेट रनरेट मा बाजि मार्दै अफगानिस्तान सुपर सिक्स प्रबेश गर्दा यस्तो सम्भावना जिबित रहेको हो ।
भने यता पपुवा न्युगिनी ले समूह चरण मा खेलका ४ खेलमै पराजित रह्दै समुह को अन्तिम पाचौं रह्दै अर्को समूह “बि “को चार औँ टिम नेपाल सगँ प्ले अफ मा स्थान पक्का गरेको हो । पछिल्लो एकदिवसीय भेट नेपाल र पपुवा न्युगिनी को जुन सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको थियो । युएई को अबुधावीमा भएको उक्त दुई खेल मा पहिलो खेलमा नेपाललाई पिएनजीले २ विकेटले हराएको थियो । भने दोस्रो खेल मा पनि पपुवा न्युगिनी ३ विकेट ले बिजयी भएको थियो ।
यस प्रतियोगिता मा सबै खेलमा पराजित भए पनि पपुवा न्युगिनी ले नेपाल लाई पक्कै कडा टक्कर दिनेछ , उसले खेलेका खेलमा ब्याटिङ राम्रो गरेको छ , यदि नेपाल ले खेल जित्न का लागि ब्याटिङ , बलिङ र फिल्डिङ एकदमै ससंक्त बनाउनै पन्ने देखिन्छ , यहाँ गल्ति सुधार लाई सुधार्ने र अर्को सुझबुझ खेल खेन्न जरुरी देखिन्छ । र अर्को प्ले अफ मा नेदरल्यान्ड ले पनि हङकङ माथी हावि हुँदै नेपाल लाई पहिलो पटक एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भुमिका निभाउने आशा राखिएको छ ।
प्ले अफ लाई पार गर्दै नेपाल ले यदि एकदिवसीय मान्यता पाउँछ भने नेपाल लाई ठूलो फाईदा हुनेछ ।
यस्तो मा नेपाल ले आईसीसी को एकदिवसीय वरियता मा आफू लाई पनि पहिलो पटक समाबेश गराउने छ , जुन टेस्ट पछि को ठूलो उपलब्धि नै हो र टेस्ट मान्यता पाउँन का लागि ठूलो भुमिका यहाँ बाट सुरु हुन्छ ।
भने महत्त्वपूर्ण फाईदा नेपाल विभिन्न एकदिवसिय मान्यता पाएका देशहरु विच आइसीसीले त्रिकोणात्मक वा अन्तराष्ट्रिय सिरीज राख्न सक्छ । जसमा नेपालले एकदिवसिय मान्यता पाएमा खेल्न पाउनेछ ।
अहिले अबस्थामा मा नेपाल को क्रीकेट सघँ आईसीसी बाट निलम्बित भएको हुदा यी यस्ता सिरिज आयोजना गर्न कठिनाई पक्कै हुने देखिन्छ तर आइसीसीसँग सहकार्य गरेर आफैले पनि एकदिवसिय श्रृखंलाको आयोजना गर्न भने सक्छ ।
यस्तै अर्को भनेको जुन एकदिवसिय मान्यता पाए सगैँ नेपालले इन्टरकन्टिनेन्टल खेल जुन चार दिनको हुने गर्छ त्यो खेल्न पाउनेछ । जुन आईसीसी को तालिका का अनुसार नै खेलाईन्छ , यो खेल नेपाल का खेलाडीका लागि बिर्दी बिकाश र अनुभव , दक्षता मा झनै ठूलो सहयोग पुर्याउने देखिन्छ ।
आइसीसीबाट आउने अनुदानमा पनि निकै बृद्धी हुनेछ । जसमा खेलाडीको म्याच फि, खेलाडीको सुविधामा पनि बृद्धी हुनेछ । साथै एकदिवसीय पाएमा नेपाल ले स्वतं टि – ट्वान्टी को मान्यता पनि पाउने छ ।
एकदिवसिय मान्यता पाएका देशले आयोजना गरेका घरेलु लिगको मापदण्ड पुरा भएमा आइसीसीले लिष्ट ए को मान्यता पनि दिन सक्छ । साथै खेलाडी हरु लाई पनि आईसीसी ले सार्बजनिक गरि रहने एकदिवसीय वरियता मा समाबेश समेत गरिने छ ।