onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । आगामी अक्टोबर १७ तारिख देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा एसियाका दुई चर्चित टोली भारत र पाकिस्तान एउटै समूहमा रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार जारी गरेको समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका हुन् । विश्वकपमा कुल १६ टोलीको सहभागिता रहने छ । पहिलो चरणमा कुल ८ टोलीले सहभागी जनाउने छन् ।

जसमध्य समूह ए मा श्रीलंका,आयरल्यान्ड,नेदरल्यान्ड र नामिबिया रहेका छन् । भने समूह बी मा बंगलादेश ,स्कटल्यान्ड,पपुवा न्युगिनी र ओमान रहेका छन् । यहाँबाट प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरण अर्थात सुपर -१२ मा पुग्नेछन् ।

सुपर -१२ अन्तर्गत समूह-१ मा इंग्ल्यान्ड,अष्ट्रेलिया,दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहदा पहिलो चरण पार गरेका समूह ए को विजेता र समूह बीको उप-विजेताले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै भारत र पाकिस्तान रहेको समूह-२ मा यी दुईसँगै न्युजिल्यान्ड र अफगानिस्तानसँगै पहिलो चरणबाट आएका समूह बी को विजेता र समूह ए को उप-विजेता खेल्नेछन् । र समूहका विजेता र उप-विजेता सेमिफाइनल पुग्नेछन् ।

भारत र पाकिस्तानको राजनीति तनाबको प्रत्यक्ष प्रभाव क्रिकेटमा पनि लामो समय देखिनै मिसिदै आएको छ । त्यसैको फल स्वरुप यी दुई बीच अन्तर्राष्ट्रिय सिरिज हुने गरेको पाईदैन । यसबीच यी दुई टोलीको भेट एसियन क्रिकेट काउन्सिल र आईसीसीको इभेन्टमा मात्रै हुने गर्छ ।

भारत र पाकिस्तानको यस्तो सम्बन्धले गर्दा पनि समर्थकहरुलाई थप रोमान्चकता थपेको हुन्छ । जुन यसपटकको विश्वकपमा पनि दोहोरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्