onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपीएललाई आईसीसीको मान्यता

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालको चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथों संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति(मान्यता) दिएको छ ।

ईपीएलले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले प्रतियोगितालाई स्वीकृति दिएको उल्लेख गरेको छ । अघिल्लो वर्षको चैत्रमा हुने तय भएको ईपीएल कोभिड-१९ का कारण स्थगित हुन् पुगेको थियो । लामो अन्तरालपछि हुन् गईरहेको ईपीएल असोज ९ देखि २३ सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिईसकेको अवस्था छ । प्रतियोगितामा ६ फेन्चाइज टोलीको सहभागिता रहने छ । जसमा  ललितपुर प्याट्रीयट्स, काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् । अघिल्लो संस्करणमा ललितपुरले भैरहवालाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

कोरोना अघि इपिएलमा पोखरा राइनोजले विश्व चर्चित वेस्ट इन्डिजका क्रिस गेल,केसरिक विलियम्स र स्कटल्याण्डका ओपनर जर्ज मुन्शेलाई अनुबन्ध गरेको थियो । यस्तै भैरहवाले वेस्ट इन्डिजका ड्वेन स्मिथ र साविकको विजेता समेत रहेको ललितपुरले श्रीलंकाका उपुल थरंगासहित केही पाकिस्तान खेलाडीलाई भित्राएको थियो । यस्तै काठमाडौंले केभीन ओ ब्रायनलाई टिममा भित्राउँदा चितवनबाट अफगानिस्तानका मोहम्मद शाहजाद,पल स्टिर्लिङले खेल्ने पक्का भएको थियो । तर यसपटक यी खेलाडीहरुको उपस्थिति रहन्छ या रहदैन त्यो हेर्न बाँकीनै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्