स्व. प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान आउदो सनिवार हुँदै
भदौ २८ , राज खत्री दोलखा ||नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) का स्थापना देखि नै सक्रिय, अत्यन्त मिलन सार, तत्कालीन कोषाध्यक्ष स्व. प्रमोद बज्राचार्य ले नेपाली क्रिकेट को लागि गर्नु भएको योगदानलाई सम्मान तथा उहाँको सम्झनामा नेपाली क्रिकेट समर्थक समाज( एनसिएसएस) ले “स्व. प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान” पुरस्कार वितरण गर्ने भएको छ ।
एनसिएसएस ले वार्षिक रुपमा नेपाली क्रिकेटमा योगदान दिने पदाधिकारी, ब्याक्तित्व, अफिसियल, मैदान कर्मचारी, क्रिकेट सम्बद्घ पत्रकार, इमर्जिङ महिला तथा पुरुष क्रिकेट खेलाडी मध्य बाट १ जनालाइ वार्षिक रुपमा नगद २५ हजार राशिको “स्व. प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान” यस बर्ष देखि लगातार प्रदान गर्ने एनसिएसएस का अध्यक्ष भानु सिग्देल ले बताउनु भयो ।
सोही कार्यक्रममा कै दिन नेपाललाई बिश्वकप छनोट २०१८ सम्म पुर्याउन अबिस्मरणीय ठूलो भुमिका खेलेका करण केसिलाई “स्व. प्रमोद बज्राचार्य राष्ट्रिय विशेष सेवा सम्मान” पनि प्रदान गरिने छ।
नेपाली क्रिकेट समर्थक समाज को अफिसियल फेसबुक ग्रुपका समर्थकहरुले आफ्नो मनै बाट सम्मान गर्नुपर्छ भन्ने बिचार लाई कदर गर्दै एनसिएसएस ले समर्थक बाट सहयोग रकम उठाएको थियो। बिबिध कारणले ढिला भएको करण केसि सम्मान कार्यक्रम सोही दिन हुनेछ। “स्व. प्रमोद बज्राचार्य राष्ट्रिय विशेष सेवा सम्मान” रु. १ लाखको हुनेछ ।
करन को अबिस्मरणीय ब्याटिङ को मद्दत मा क्यानडा माथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो । नेपालको जितमा करण केसी नायक बनेका थिए ।
१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको अवस्था मा करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाएका थिए ।
३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्का को मदतमा नटआउट ४२ रन बनाएदै नेपाल लाई जिम्बाबे मा हुने बिश्वकप छ्नोट प्रतियोगिता मा पुर्याए र बिश्वकप छ्नोट प्रतियोगिता मा उत्कृष्ट प्रदशन गर्दै नेपाल ले अहिले एकदिवसीय मान्यता पाएको छ ।
सम्मान कार्यक्रम आउदो सनिवार दिउसो २ बजे पछि खेलकुद पत्रकार मन्च, त्रिपुरेश्वर काठमाडौ मा हुनेछ ।