onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल टोली काठमाडौंबाट मुख्य प्रशिक्षकको माग

काठमाडौं (अनलाइन खेल खबर) । नेपालको चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल) अन्तर्गतको फेन्चाइज टोली काठमाडौं किंग्स इलाभेनले आउँदो सिजनका लागि मुख्य प्रशिक्षकको माग गरेको छ ।

किंग्स इलाभेनका अनुसार अनुभवी प्रशिक्षकका लागि थप प्राथमिकतामा राखिएको छ । त्यसका साथै आईसिसी- एसिसी अथवा सिए लेभल-२ माथिको हुनुपर्ने सर्त राखेको छ ।

यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लिगहरुमा समेत २ वर्षको अनुभव बटुलिसकेको हुनु पर्नेछ । भने प्रशिक्षक प्रथम श्रेणी वा अन्तर्राष्ट्रिय खेल खेलेको हुनुपर्नेछ ।

यसअघि टोलीलाई विनोद दासले हेर्दै आएका थिए । तर अहिले उनि नेपाल क्रिकेट संघ (क्यान) को क्रिकेट म्यानेजरको रुपमा आवद्ध भएसँगै काठमाडौंले नयाँ प्रशिक्षक खोजेको हो ।

सन्दीप लामिछाने,दीपेन्द्र सिंह एरी जस्ता खेलाडीहरु रहेको काठमाडौंले अघिल्लो संस्करणमा प्ले अफसम्म पुगेको थियो । लिग चरणमा दोस्रो स्थान हासिल गरेको काठमाडौं पहिलो क्वालिफायरमा ललितपुरसँग १ विकेटले पराजित हुँदा दोस्रो क्वालिफायरमा पनि भैरहवासँग ६ विकेटले पराजित भएपछि काठमाडौंको फाइनल खेल्ने सपना अधुरो हुन् पुगेको थियो ।यस्तै टोलीले फिजियोको रुपमा सागर पाण्डेलाई टोलीमा भित्राएको छ ।

यता अघिल्लो वर्ष कोभिड-१९ ले गर्दा प्रतियोगिताको मुखैमा स्थगित हुन् पुगेको ईपिएल अवस्था अनुकुल भए असोजमा आयोजना हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्