onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नयाँ जर्सी डिजाइनको प्रतिस्पर्धामा उल्लेख्यको सहभागिता : छ्नोट टोली समेत बन्यो

काठमाडौं (अनलाइन खेल खबर) । नेपाल क्रिकेट टोलीको नयाँ जर्सी डिजाइनका लागि गरिएको खुल्ला प्रतिस्पर्धामा करिब पाँच सय बढीको सहभागिता रहेको नेपाल क्रिकेट संघ (क्यान )ले जानकारी गराएको छ ।

फोटो : प्रतिस्पर्धामा सहभागी प्रवेश भण्डारीको डिजाइन

यसअघि घरेलु भूमिमा भएको नेपाल,नेदरल्यान्ड र मलेसियाबीचको त्रिकोणात्मक सिरिजका दौरान नेपालले जर्सी नयाँ प्रयोगमा ल्याईएको थियो ।

एका एक यसरी नयाँ जर्सीको डिजाइन भएपछि त्यसबारेमा क्रिकेट समर्थक तथा सुभ चिन्तकले यस बारेमा असन्तुष्ट जाहेर गरेका थिए । त्यसका बीच क्यानले केही दिनअघि मात्र जर्सीको डिजाइन खुल्ला प्रतिस्पर्धामार्फत छ्नोट गर्ने निर्णय गरेको थियो ।

नगद एक लाख पुरस्कार राशी रहेको उक्त प्रतिस्पर्धामा उल्लेखको सहभागिता रहदा डिजाइनलाई अन्तिम छ्नोट गर्न चार सदस्यीय टिम समेत बनेको छ । जसमा क्यानका केन्द्रिय सदस्य छुम्बी लामा,जनरल म्यानेजर रौनक मल्ल,क्रिकेट म्यानेजर बिनोद दास र जर्सीको मुख्य प्रायोजक‘माई सेकेन्ड टिचर’को प्रतिनिधिहरु रहेका छन्।

यहीँ टोलीले केही डिजाइनलाई छ्नोट गरि अन्तिम टुंगो लगाउन क्यान केन्द्रिय समितिलाई सिफारिस गर्नेछ । अब नेपालले जुलाईको तेस्रो साताबाट स्पेनमा हुन् लागेको विश्वकप लिग-२ अन्तर्गतको स्कटल्यान्ड र नामिबियाविरुद्धको सिरिजबाट नयाँ डिजाइनको जर्सीलाई निरन्तरता दिनेछ ।

प्रतिक्रिया दिनुहोस्