onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अब आईपीएल युएईमा हुने

एजेन्सी । विश्वको सर्वाधिक ठूलो तथा चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेलहरु अब युएईमा हुने भएको छ ।

भारतिय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को शनिबार बसेको विशेष बैठकमार्फत उक्त निर्णय गरेको हो । बोर्डका उपाध्यक्ष राजीव शुक्ला तथा सचिव जय शाहले भारतीय सन्चारमाध्यमलाई दिएको जानकारी अनुसार अब आईपीएल सेप्टेम्बर – अक्टोबरमा हुने बताईएको छ ।

प्रतियोगिता चल्दै गर्दा खेलाडी तथा अफिसियलहरुमा पनि भाइरसको सक्रमण देखिन थालेपछि प्रतियोगिता बैशाख २१ गते स्थगित हुन् पुगेको थियो ।

अघिल्लो १३ औं संस्करण पनि भाइरसकै कारण पूरै सिजन युएईमा भएको थियो । अब युएईमा प्रतियोगिताका बाँकी ३१ खेल हुनेछन् ।

यस्तै बीसीसीआईले कोरोना भाइरसको बढ्दो प्रभावलाई मध्यनजर राख्दै यही वर्षको अक्टोबर-नोभेम्बरमा भारतमा हुने तय भएको टी-ट्वान्टी विश्वकप आयोजनाका लागि निर्णय गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग थप समय माग्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्