onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीपले नाइट राइडर्सबाट सिपिएल खेल्ने

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा ट्रीनबागो
नाइट राइडर्सबाट खेल्ने भएका छन् ।

यसअघि सन्दीपले जमैका तलावाजबाट सिपिएल खेलेका थिए । अक्सनमार्फत जमैका पुगेका उनलाई टिमले करिब ९० हजार अमेरिकी डलर प्रदान गरेको थियो ।

उनले उक्त संस्करणमा ११ खेलबाट १२ विकेट लिएका थिए । तर उनलाई जमैकाले यस सिजनका लागि फुकुवा गरिसकेको अवस्था थियो । यस्तोमा नाइट राइडर्सले उनलाई टिममा भित्राएको छ ।

स्मरण रहोस् नाइट राइडर्स गत संस्करणको च्याम्पियन र प्रतियोगिताकै सर्वाधिक सफल टोली समेत हो । काइरन पोलार्डको नेतृत्वमा रहेको टोलीले अपराजित रहदै उपाधि उचालेको थियो ।

नाइट राइडर्समा कप्तान पोलार्डसहित सुनिल नारायण, सिकन्दर राजा ,कोलिन मुनरो, ड्वेन ब्राभो, अली खान लगायतका खेलाडी छन् । यसपटकको सिपिएल अगष्ट २८ देखि १९ सेप्टेम्बर सम्म हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्