onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल अनिश्चितकालको लागि स्थगित

एजेन्सी । विश्व क्रिकेटको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुन् पुगेको छ ।

पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड-१९ ) को सक्रमण बढ्दो क्रममा देखिएसँगै आईपीएलका खेलाडी अफिसियलमा पनि कोरोना सक्रमण देखिन थालेपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित हुन् पुगेको हो ।

प्रतियोगितामा सहभागि ८ फेन्चाइज टोलीमध्य ४ फेन्चाइज टोलीका खेलाडी र अफिसियल कोरोना सक्रमण हुन् पुगेका थिए । जसमध्य चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि प्रतियोगिता स्थगित हुन् पुगेको हो ।

सोमबारमात्रै कोलकाताका दुई खेलाडी र चेन्नईका बलिङ प्रशिक्षक एल बालाजी सहित तीन जनामा कोरोना संक्रमण पुष्टि हुँदा मंगलबार हैदराबादका विकेटकिपर ऋद्धिमान शाह र दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतियोगितामा लिग चरणका ३० खेल सकिसकेका छन् । जसमा ८ खेल खेलिसकेको दिल्ली १२ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । भने चेन्नई र बेंगलोर समान १० अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा मुम्बई चौथों , राजस्थान पाँचौ , पन्जाव छ्ठौं स्थानमा रहेको छ । यस्तै कोलकता सातौं र हैदराबाद पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्