onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोलार्ड चम्किँदा चेन्नईमाथि मुम्बईको रोमान्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत मुम्बई इन्डियन्सले चेन्नई सुपर किग्समाथि रोमान्चक जित हासिल गरेको छ ।

रोमान्चक जित हासिल गर्ने क्रममा मुम्बईले चेन्नईलाई ४ विकेटले पराजित गर्यो । खेलमा चेन्नईले प्रस्तुत गरेको २ सय १९ रनको चुनौतीलाई मुम्बईले ६ गुमाएको अवस्थामा अन्तिम बलमा पूरा गरेको थियो ।

मुम्बईलाई अन्तिम ओभरमा जितका लागि १६ रनको आवस्यकता रहेको थियो । ब्याटिङतर्फ किरोन पोलार्ड रहदा चेन्नईले अन्तिम ओभरमा लुंगी एनजीडीलाई जिम्मेवारी सुम्पेको थियो ।

अन्तिम ओभरमा पहिलो डट हुन् पुग्दा पोलार्डले दोस्रो र तेस्रो बलमा लगातार दुई चौका प्रहार गर्दा खेल केहि हदसम्म मुम्बईको हातमा फर्किएको थियो । त्यसपछि चौथों बल भने डट हुन् पुग्दा खेलले झन रोचक मोड लिन पुग्यो । तर पोलार्ड ग्रजिन छोडेनन ।

त्यसैको फल स्वरुप उनले पाँचौ बलमा छ्क्का प्रहार गरे । अब मुम्बईलाई अन्तिम बलमा जितका लागि मात्र २ रन मात्र चाहिएको थियो । यस्तोमा उनै पोलार्डले त्यो सम्भव गराए र टिमलाई एउटा मिठो जित दिलाए ।

यो सँगै समग्रमा पोलार्डले मात्र ३४ बलको सामना गर्दै ६ चौका र ८ छ्क्कासहित ८७ रनमा अविजित रहे । यस्तै टोलीका लागि ओपनरद्वय क्विन्टन डि कोक र रोहित शर्माले क्रमशः ३८ र ३५ रन बनाउँदा पान्डेया दाजुभाई
कृणाल र हार्दिकले पनि क्रमशः ३२ र १६ रन बनाए ।

बलिङमा चेन्नईका साम कुरानले ३ तथा शार्दुल ठाकुर , रविन्द्र जडेजा र मोईन अलिले १-१ विकेट लिएका थिए ।

त्यसअघि दिल्लीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

टिमले विशाल स्कोर खडा गर्ने क्रममा उसले पहिलो विकेट भने सस्तैमा गुमायो । इनिङ्सको चौथों बलमा टिमको स्कोर मात्र ४ रन हुँदा ओपनर ब्याट्सम्यान रुतुराज गायकवाड मात्र ४ रन बनाएको अवस्थामा आउट हुन् पुगे ।

गायकवाड आउट भएपछि भने चेन्नईले दोस्रो विकेटका लागि १ सय ८ रनको साझेदारी पायो । टिमको पारीलाई उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह फाफ डु प्लेसिस र मोईन अलीले गरे ।

१०.५ ओभरमा टिमको स्कोर १ सय १२ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका मोइनले अर्धशतकीय पारी खेले । जसप्रित बुमराहको बलमा क्याच आउट हुनुअघि उनले ३६ बलमा ५ चौका र ५ छ्क्कासहित ५८ रन बनाए ।

यस्तै डु प्लेसिसले पनि अर्धशतक पूरा गरे । उनले ५० रन जोड्दा चेन्नईका सर्वाधिक रनकर्ता अंबाती रायुडू बने । अविजित समेत रहेका उनले मात्र २७ बलमा ४ चौका र ७ छ्क्काको सहयोगमा ७२ रन बनाए । यस्तै उनलाई साथ दिएका रविन्द्र जडेजा पनि २२ रनमा अविजित रहे ।

बलिङमा मुम्बईका पोलार्डले २ तथा जसप्रीत बुमराह र ट्रेंट बोल्टले १-१ विकेट लिएका थिए ।

यो जितसँगै चौथो स्थानमा रहेको मुम्बईको अंकतालिकामा ८ अंक रहेको छ । भने मुम्बईसँग पराजित हुन् पुगेको चेन्नई १० अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्