onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीमाथि बेंगलोरको १ रनको जित

एजेन्सी । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल)अन्तर्गत आफ्नो छ्ठौं खेलमा रोमान्चक जित हासिल गरेको छ ।

रोमान्चक जित हासिल गर्ने क्रममा मंगलबार राती बेंगलोरले दिल्लीलाई मात्र १ रनले पराजित गरेको छ ।

खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको दिल्ली २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रनमा सिमित हुन् पुग्दा बेंगलोरले रोमान्चक जित हासिल गर्यो ।

लक्ष्य पछ्याउँदै क्रममा दिल्लीलाई अन्तिम ओभरमा जितका लागि १४ रनको आवस्यकता रहेको थियो । तर दिल्लीले मात्र १२ रन मात्र बनाउन सक्दा जित नजिक पुगेर पनि दिल्ली स्तब्ध हुन् पुग्यो ।

जसमा बलिङमा मोहम्मद शिराज थिए । त्यस क्रममा सुरुवाती दुई बलमा शिराजले १-१ रन खर्चिदा तेस्रो बलमा ऋषभ पन्त डट हुन् पुगे । त्यसपछि पन्तले चौथों बलमा २ रन बनाउँदा पाँचौ बलमा चौका प्रहार गर्दा अन्तिम बलमा पनि उनले चौका प्रहार गरे ।

समग्रमा दिल्लीका लागि कप्तान तथा विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनि ४८ बलमा ६ चौकासहित ५८ रन बनाए । यस्तै पन्तलाई साथ दिएका शिमरोन हेटमाइरले पनि अर्धशतकीय पारी खेले । अविजित रहेका उनले मात्र २५ बलमा २ चौका र ४ छ्क्कासहित ५३ रन जोडे ।

यी दुईबाहेक ओपनर ब्याट्सम्यान पृथ्वी शाले २१ तथा मार्कस स्टोइनिसले २२ रन बनाए ।

बलिङमा बेंगलोरका हर्शल पटेलले २ तथा मोहम्मद सिराज र काइल जैमीसनले १-१ विकेट हात पारे ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै सामना गर्दै मात्र ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

टिमले उक्त रन बनाउने क्रममा उसका लागि एबी डिविलियर्सले सानदार ब्याटिङ प्रस्तुत गरे । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनी अविजित रह्दै ४२ बलमा ३ चौका र ५ छ्क्कासहित ७५ रन बनाए ।

यस्तै बेंगलोरका रजत पाटीदारले ३१ तथा ग्लेन मैक्सवेलले २५ रन,देवदत्तले १७ र विराट कोहलीले १२ रन थपे ।

बलिङमा दिल्लीका लागि अमित मिश्रा,अक्षर पटेल,आभेश खान,कासिगो राबाडा र इशान्त शर्माले १-१ विकेट लिए ।

यो जितसँगै बेंगलोरले अंकतालिकामा १० अंकका साथ शीर्ष स्थानमा यथावतनै रहेको छ । भने बेंगलोरसँग पराजित हुन् पुगेको दिल्ली ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्