onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मोरङमा रिचा मेमोरियल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

काठमाडौं (अनलाइन खेल खबर )। पुर्वान्चल क्रिकेट एकेडेमीको आयोजनामा बैशाख १५ देखि २२ गतेसम्म मोरङमा रिचा मेमोरियल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मोरङ विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा मुलुकभरका कुल १२ टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेता टोलीले एक लाख प्राप्त गर्दा उप – विजेताले ५० हजार प्राप्त गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान)का पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी युनिस श्रेष्ठ र राष्ट्रिय खेलाडी नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठको बहिनी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघका अध्यक्ष विबेक श्रेष्ठका पत्नी रिचा श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता गर्न लागिएको हो ।यसअघि प्रतियोगिता अष्ट्रेलियामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्