onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेन स्टोक्स आईपीएलबाट बाहिर

एजेन्सी । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरु गुमाउने भएका छन् ।

राजस्थान रोयल्सका मुख्य खेलाडी समेत रहेका उनि अब अनुपस्थित रहँदा राजस्थानका लागि भने ठूलो धक्का लागेको छ ।

पन्जाव किंग्सविरुद्धको पहिलो खेलमा घाईते हुन् पुगेका स्टोक्सलाई चिकित्सकको सल्लाह अनुरुप आराम गर्नु पर्ने अवस्था आएपछि स्टोक्सले यस सिजननै गुमाउने भएका हुन् । उनले दायाँ हातको माइली औंलामा चोट बोकेका छन् ।

सिजनको पहिलो खेलमा उनि पन्जावविरुद्ध शून्य रनमा आउट हुन् पुगेका थिए । अघिल्लो सिजनमा पनि बुबा बिरामी भएको कारण स्टोक्सले सुरुवाती ६ खेल गुमाएका थिए । त्यसपछि उनि टिममा जोडिएका थिए । त्यस क्रममा उनले आफ्नो भूमिकामा न्याय समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्