onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलमा बेंगलोरको विजयी सुरुवात

एजेन्सी । शुक्रबारबाट जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) को उद्घाटन खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेनजर्स बेंगलोरले जित आत्मसाथ गरेको छ ।

प्रतियोगितामा शुखद सुरुवात गर्ने क्रममा बेंगलोरले रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ ।

खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बेंगलोरले उक्त चुनौतीलाई अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई जित दिलाउन अनुभवी आक्रमक ब्याट्सम्यान एबी डिविलियर्सले सर्वाधिक ठूलो पारी खेले । अन्तिम ओभरको चौथों बलमा टिमको स्कोर १ सय ५८ रन हुँदा रन आउट हुन् पुगेका उनले २७ बलमा ४ चौका र २ छ्क्कासहित ४८ रनको योगदान गरेका थिए ।

यस्तै टिमका लागि ओपनर तथा टिम कप्तान विराट कोहलीले २९ बलमा ४ चौकासहित ३३ रन बनाए भने ग्लेन म्याक्सवेलले ३९ रन थप्दा अर्का ओपनर वासिंङटन सुन्दरले १० रन बनाए ।

बलिङमा मुम्बईका जसप्रित बुमराह र मार्को जान्सेनले २-२ विकेट लिँदा कृणाल पान्डेया र ट्रेंट बोल्टले १-१ विकेट लिएका थिए ।

त्यसअघि चेन्नईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

टिमले मध्यम योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान क्रिस लिनले ४९ तथा रोहित शर्माले १९ रन जोड्दा सुर्य कुमार यादवले ३१ र इशान किशनले २८ रन बनाएका थिए ।

बलिङमा बेंगलोरका हर्शल पटेल एक्लैले ५ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच समेत घोशीत भएका उनले ४ ओभरमा २७ रन खर्चिएर उक्त विकेट लिन सफल भए । यस्तै काइल जैमीसन र वासिंङटन सुन्दरले पनि १-१ विकेट लिए ।

अब प्रतियोगिता अन्तर्गत शनिबार एक खेल हुनेछ । मुम्बईमा नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुने खेलमा चेन्नई सुपर किग्सले दिल्लीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्