onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोहलपुरमा विरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता हुने

काठमाडौं (अनलाइन खेल खबर ) ।कञ्चनजङ्घा भिजन स्पोर्ट्स क्लबको आयोजनामा यहीँ बुधबार देखि बाँके जिल्लास्थित कोहलपुरमा विरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बैशाख १ गतेसम्म चल्ने टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको सबै खेल कोहलपुरस्थित किरननाला क्रिकेट मैदानमा हुनेछ ।

क्लबको पूर्व खेलाडी समेत रहेका स्वर्गीय विरेन्द्र शाहीको सम्झनामा हुन् लागेको प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार , उप-विजेताले २१ हजार प्राप्त गर्ने छन् ।

यता विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५-५ हजार प्राप्त गर्नेछन् । यस्तै उदायमान खेलाडीले २५ सय र उत्कृष्ट फिल्डरले २ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्