onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बैशाखको पहिलो साताबाट चितवनमा मेयर कप हुने

काठमाडौं (अनलाइन खेल खबर) ।भरतपुर महानगरपालिकाको आर्थिक सहयोग तथा भरतपुर क्रिकेट क्लबको आयोजनामा चितवनमा बैशाखको पहिलो साता मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जसका लागि सोमबार महानगरपालिका र भरतपुर क्रिकेट क्लबबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको भएको छ ।

सम्झौता अनुरुप महानगरपालिकाले नगद १० लाख आर्थिक सहयोग गर्नेछ । प्रतियोगितामा अन्तर विद्यालयतर्फ २४ तथा अन्तर वडातर्फ २९ टोलीको सहभागिता रहने प्रतियोगिताका
निर्देशक अनिल अधिकारीले जानकारी गराएका छन् ।

प्रतियोगिता चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ । प्रतियोगिताको दौरान संकलन भएको रकम सोही मैदानको निर्माणका लागि सहयोग गर्ने आयोजकले बताएको छ ।

दोस्रो संस्करणसम्म आईपुग्दा यसपटक पुरस्कार राशी पाँच लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्