onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विजय हजारे ट्रफीको उपाधि मुम्बईलाई

एजेन्सी । भारतको लोकप्रिय एकदिवसीय क्रिकेटल प्रतियोगिता विजय हजारे ट्रफीको उपाधि मुम्बईले उचालेको छ ।

आईतबार भएको फाइनल खेलमा उत्तर प्रदेशलाई ६ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो ।

खेलमा ३ सय १३ रनको लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मुम्बईले उक्त चुनौतीलाई ४१.३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि विकेट किपर ब्याट्सम्यान आदित्य टारेले शतकीय पारी खेले । १ सय ७ बलको सामना गरेका उनले १८ चौकासहित १ सय १८ रन बनाए । यस्तै ओपनर तथा पृथ्वी शाले ७३ रन बनाउँदा शिवम दुबेले ४२ रन बनाए ।

बलिङमा उत्तर प्रदेशका याश दाएल , शिभम माभी , सिभम शर्मा र समीर चौधरीले १-१ विकेट लिए ।

त्यसअघि दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको उत्तर प्रदेशले निर्धारित ५० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर ३ सय १२ रन बनाएको थियो ।

टिमले उक्त रन बनाउने क्रममा ओपनर ब्याट्सम्यान माधव कौशीकले सानदार ब्याटिङ गरे । अविजित रहेका उनले १ सय ५६ बलमा १५ चौका र ४ छ्क्कासहित १ सय ५८ रन बनाए । यस्तै अर्का ओपनर सामर्थ सिंह र अंशदिप नाथले ५५-५५ रन बनाए ।

बलिङ मुम्बईका तनुश कोटिएनले २ तथा प्रशान्त सोलंकीले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्