onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर्स कपको फाइनल आज

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

बिहान सवा ९ बजेपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफबीच प्रतिष्पर्दा हुँदैछ ।

प्रतियोगिताको फाइनल पुग्ने क्रममा लिग चरणमा दुबै टिमले ३-३ खेल जितेका थिए । जहाँ अंकतालिकामा ६ अंकसहित शीर्ष स्थानमा पुलिस रहदा समान ६ अंकनै रहेको एपीएफ नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहदै प्रतियोगिताको फाइनल पक्का गरेको थियो ।

एपीएफको यो सिजनको दोस्रो फाइनल समेत हो । यसअघि माघमा भएको प्रधानमन्त्री कपमा एपीएफ आर्मीसँग पराजित हुँदै उपाधि उचाल्नबाट बन्चित भएको थियो ।तसर्थ उच्च लयमा देखिएको एपीएफ आज पुलिसलाई स्तब्ध पार्दै उपाधि आफ्नो नाममा लेखाउन लालायित हुनेछ । यता प्रधानमन्त्री कपमा सेमिफाइनलबाट बाहिरिएको पुलिस पनि सोही रणनीतिका साथ मैदानमा उत्रिने छ ।

तुलनात्मक रुपमा खेलमा पुलिसमाथि एपीएफ हाबी हुने सम्भावना देखिन्छ । यसअघि लिग चरणमा भेट हुँदा पनि रोमान्चक बनेको खेलमा एपीएफले पुलिसलाई १ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरमा भएको खेलमा २ सय ५९ रनको विजयी लक्ष्यलाई पछ्याएको एपीएफले उक्त चुनौतीलाई अन्तिम ओभरको पाँचौ बलमा ९ विकेट गुमाएर पूरा गरेको थियो । उक्त खेलमा पुलिसका दिपेन्द्र सिंह एरीले १ सय ४० रन बनाउँदा एपीएफका सन्दीप जोराले ६१ तथा ओपनर सुवाश खकुरेलले ५० रन र आशिफ शेखले ४२ रन बनाएका थिए ।

यता प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख प्राप्त गर्नेछ । भने उप- विजेताले तीन लाख र विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५-२५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्