onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इंग्ल्यान्डसँग भारतको लज्जास्पद हार !

एजेन्सी । घरेलु टोली भारत र इंग्ल्यान्डबीचको पाँच खेलको टि – ट्वान्टी सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार ब्यहोरेको छ।

सिरिजको पहिलो खेलमै लज्जास्पद हार ब्यहोर्ने क्रममा भारत शुक्रबार राति इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुन् पुग्यो । खेलमा भारतले प्रस्तुत गरेको १ सय २५ रनको सामान्य लक्ष्यलाई इंग्ल्यान्डले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई सानदार जित हासिल गर्ने क्रममा इंग्ल्यान्डले सुरुवात पनि राम्रो गरेको थियो । टिमका ओपनरद्वय जोसन रोय र जोस बटलरले ठोस सुरुवात दिलाउने क्रममा यी दुईबीच ७२ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

७.६ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका बटलरले युजबेन्द्र चहलको बलमा एलबिड्ब्लुको सिकार हुनुअघि २४ बलमा २ चौका र १ छ्क्काको मद्धतमा २८ रन बनाए ।

त्यसपछि ११.१ ओभरमा टिमको स्कोर ८९ रन हुँदा अर्का ओपनर जोसन रोय ब्यक्तिगत ४९ रनमा पभेलियन फर्किए । वासिङटन सुन्दरको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका उनले उक्त रन बनाउने क्रममा ३२ बलमा ४ चौका र ३ छ्क्का प्रहार गरेका थिए ।

त्यसपछि अविजित रहेका डेविड मालन र जोनी बेयरस्टोले क्रमशः २४ र २६ रन बनाए ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारत निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय २४ रन मात्र बनाएको थियो ।

टिमले सामान्य स्कोर खडा गर्ने क्रममा भारतले सुरुवातबाटै राम्रो हुन् सकेको थिएन । ओपनरद्वय शिखर धवन ४ रनमा र लोकेश राहुल १ रनमा आउट हुन् पुग्दा भारत सुरुवात बाटै दबाबमा आएको थियो । त्यसपछि कप्तान विराट कोहली शून्य रनमा आउट हुँदा भारतलाई अझ दबाब सिर्जना भएको थियो ।

४.५ ओभरमा मात्र २० रन जोड्दा सुरुवाती तीन महत्त्वपूर्ण खेलाडीलाई गुमाएको भारतको पारीलाई ऋषभ पन्त र श्रेयस अय्यरले अगाडि बढाए । त्यसक्रममा श्रेयसलाई साथ दिईरहेका ऋषभ भने २१ रनमा आउट हुन् पुगे । ९.६ ओभरमा टिमको स्कोर ४८ हुँदा बेन स्टोक्सको बलमा आउट हुनुअघि २३ बलको सामना गर्दै २ चौका र १ छ्क्कासहित उक्त रन बनाएका थिए ।

ऋषभ आउट भएपछि श्रेयसलाई साथ दिन हार्दिक पान्डेया मैदानमा आएका थिए ।त्यसबीचमा यी दुईबीच पाँचौ विकेटका लागि ५४ रनको साझेदारी हुन् पुग्यो । जसमा पान्डेयाले १९ रन बनाउँदा श्रेयसले ६७ रन बनाए । पारीकै सर्वाधिक धेरै रन बनाउने क्रममा उनले ४८ बलमा ८ चौका र १ छ्क्कासहित ६८ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा आदिल रासिद, मार्क वुड , क्रिस जोर्डन र बेन स्टोक्सले १-१ विकेट लिए ।अब यी दुईबीच सिरिजको दोस्रो खेल आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्